Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगउखु किसानको आन्दोलनप्रति घरेलु महासंघको ऐक्यबद्धता

उखु किसानको आन्दोलनप्रति घरेलु महासंघको ऐक्यबद्धता


काठमाडौं, पुस १६
उखु किसानको आन्दोलनप्रति घरेलु तथा साना उद्योग महासंघले ऐक्यबद्धता जनाएको छ । केही दिन यता उखु किसानहरु राजधानीमै भेला भएर आन्दोलित हुनुपर्ने अवस्था र उनीहरुको मागप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विगत चार वर्षदेखि चिनी मिललाई उखु बिक्री गरेका किसानले हालसम्म पनि उखुको भुक्तानी नपाएकोले देशको विभिन्न भागबाट चिनी मिल पीडित उखु किसान काठमाडौंमा भेला भई आन्दोलित हुनुपर्ने अवस्था र उखु किसानहरुको मागप्रति महासंघको ध्यानाकर्षण भएको महासंघद्धारा जारी विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

एक वर्षअघि नै किसानहरुको उखुको भुक्तानी दिने सम्बन्धमा निजी क्षेत्र समेतको सहभागीतामा उद्योग मन्त्रालयमा सहमति भइसकेको विषयमा हालसम्म पनि किसानहरुले भुक्तानी नपाउनु दुःखद कुरा भएको महासंघको ठहर छ । उखु किसानहरु महासंघका पनि सदस्य रहेको हुँदा उनीहरुको आन्दोलन प्रति नेपाल घरेलु तथा साना उद्योग महासंघको ऐक्यवद्धता रहेको अध्यक्ष श्याम प्रसाद गिरीले बताए । लघु, घरेलु तथा साना उद्योगीहरुको छाता संस्थाको हैसियतमा महासंघले चिनी उद्योगीहरुलाई उखु किसानहरुको रकम अविलम्ब भुक्तानी दिन आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x