Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरिचार्जरको भ्रमण वर्ष २०२० लक्षित बिग सेल मेला घोषणा, जनवरी २० मा बिगसेल

रिचार्जरको भ्रमण वर्ष २०२० लक्षित बिग सेल मेला घोषणा, जनवरी २० मा बिगसेल


काठमाडौं, पुस १६
भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मोबाइल एप रिचार्जरले ‘रिचार्जर बिगसेल २०२०’ को घोषणा गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितीमा रिचार्जर बिग सेल २०२० को घोषणा गरिएको हो । कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्षलाई सफल बनाउन डिजिटल प्लेटफर्म तथा इ–कमर्स प्लेटफर्मको ठुलो भुमिका हुने बताए । उनले रिचार्जरले मात्र भ्रमण वर्ष सचिवालयसँग भएको सम्झौताअनुसार ठुलो संख्यामा पर्यटकहरु भित्र्याउनेमा आफू आशावादी रहेको बताएका थिए ।

भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उद्देश्यले आगामी जनवरी २० तारिखका दिन नेपालकै ठूलो इ–कमर्स प्लेटफर्मका रुपमा स्थापित रिचार्जरले विभिन्न किसिमका भ्रमण प्याकेजसहित बिग सेल मेला सञ्चालन गर्ने भएको हो । भ्रमण वर्ष २०२० को अफिसियल इकमर्श प्लेटपर्म समेत रहेको रिचार्जरले बिग सेलमा आकर्षक छुटमा वस्तु तथा सेवा उपलब्ध गराउने छ । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै ‘रिचार्जर बिग सेल २०२० को तयारी अन्तिम चरणमा पुगेको ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए । उनका अनुसार रिचार्जरले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै २ हजार २० रुपैयाँदेखि २ लाख रुपैयाँसम्ममा आकर्षक भ्रमण प्याकेजहरु उपलब्ध गराउनेछ । जनवरी ५ तारिखका दिनदेखि रिचार्जर एप डाउनलोड गरी खाता सञ्चालन गर्नेहरुलाई विभिन्न किसिमका उपहारहरु समेत वितरण गरिने ग्लाइडरले बताए ।

विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफरअन्तर्गत रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउनसक्ने छन् । रिचार्जरका विदेशी प्रयोगकर्ताहरुले रिचार्जरबाट जनवरी १० तारिखदेखि चौबीसै घण्टा छुटसहित फुड सर्भिस पाउने ग्लाइडरले जानकारी दिए । विश्वबजारमा नेपाली उत्पादन पु-याउनका लागि पर्यटकलाई लक्षित गर्दै विभिन्न किसिमका अफरहरु बिगसेलमा समावेश गरिनेछ । बिग सेलका दिन एक हजार भन्दा बढी उत्पादन तथा सेवाहरुमा ७० प्रतिशतसम्मको छुट उपलब्ध गराइने ग्लाइडरले जानकारी दिए । बिग सेलका दिन सीमित सेवा तथा उत्पादनहरु २०२० रुपैंयामा उपलब्ध गराइने उनको भनाई छ ।

कार्यक्रममा एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई रिचार्जरले उपलब्ध गराएको ५२ हजार २० रुपैयाँको चेक हस्तान्तरण गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले आफ्नो तर्फबाट पनि ५० हजार रुपैंया थप सहयोग गर्ने घोषणा गरेका थिए । विभिन्न बैंकहरुसँगको सहकार्यमा रिचार्जरमा शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा ग्याजेट, इलेक्ट्रोनिक्स, टुर प्याकेज, फर्निचर लगायतका घरायसी उपयोगका सामानहरु पनि किन्न सकिन्छ । अहिले डाउनलोड गर्नुस, समय र पैसाको बचत गर्नुस् भन्ने नारासहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरु एकै स्थानमा उपलब्ध गराउँदै आएको छ । रिचार्जरले जतिको मोबाइल रिचार्ज ग-यो त्यति नै क्यास प्वाइन्ट दिँदै आएको छ भने अन्य वस्तु तथा सेवाको खरिदमा २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान खरिद गर्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x