Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगप्रोटोनको शोरुम अब काठमाडौंमा

प्रोटोनको शोरुम अब काठमाडौंमा


काठमाडौं ।
नेपाली बजारमा मलेसियाको प्रतिष्ठित कम्पनी प्रोटोनका गाडी औपचारिक रुपमा भित्रिने तयारीमा रहेका छन् । यसका लागि काठमाडौंको नक्साल, गैरीधारामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक शोरुम सञ्चालनको अवस्थामा रहेको कम्पनीले जनाएको छ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रोटोनका गाडीको आधिकारिक वितरक नियुक्त भएको छ । जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्ध गराउनेछ । साथै छिट्टै शोरुम शुभारम्भ हुने बताइएको छ ।

प्रोटोनको शोरुम आकर्षक स्पेससहितको छ भने प्रोटोनको अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भएको छ । यसले नेपाली ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्नुका साथै एक आकर्षक गन्तव्यको रुपमा समेत आफ्नो पहिचान कायम गर्ने कम्पनीको विश्वास छ । कम्पनीका अनुसार नेपाली बजारमा प्रोटोनको पहिलो उपहारको रुपमा प्रोटोन सागा सेडान उपलब्ध हुनेछ । त्यसपछि अन्य मोडलका सवारीसाधन समेत विस्तारै उपलब्ध हुँदै जानेछन् ।

प्रोटोन मलेसियाको पहिलो र प्रतिष्ठित अटोमोबाइल कम्पनी हो । मलेसियाका लोकप्रिय प्रधानमन्त्री डा. महाथिर मोहम्मदको बेबी प्रोजेक्टको रुपमा यो कम्पनी विकसित भएको थियो । हाल प्रोटोनका सवारीसाधन विश्वका विभिन्न भागमा रुचाइने लोकप्रिय सवारीसाधनमा पर्छन् । नेपाली ग्राहकलाई पनि प्रोटोनका उत्कृष्ट सवारीसाधन आकर्षक शोरुममार्फत उपलब्ध गराउने कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया