Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगतेह्रमध्ये पाँच मोटरेबल पुल मात्र निर्माण

तेह्रमध्ये पाँच मोटरेबल पुल मात्र निर्माण


अमरगढी ।
वर्षौँ बितिसक्दा डडेल्धुरा जिल्लामा निर्माण भइरहेका पक्की मोटरेबल पुल सम्पन्न हुन सकेको छैन । साना–ठूला गरी १३ वटा पुलको निर्माण गरिसक्नुपर्ने समयावधि सम्पन्न भइसकेको छ । निर्माणको जिम्मेवारी पाएको ठेकेदारको लापरवाहीका कारण निर्माण हुन नसकेका हुन् । अधिकांश पुल निर्माणको काम ५० प्रतिशत पनि सम्पन्न हुनसकेको छैन ।

डिभिजन सडक कार्यालय डोटीको सहयोगमा जिल्लामा निर्माण भइरहेका ती पुल सम्पन्न हुन नसक्दा ग्रामीण क्षेत्रमा यातायात सञ्चालनमा समस्या हुने गरेको छ । ती पुलमध्ये पाँच मात्र निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ । बाँकी पुल समयमै सम्पन्न नहुँदा आफूहरू सरकारले दिएको सेवा सुविधा प्रयोग गर्नबाट वञ्चित हुनुपरेको नवदुर्गा गाउँपालिका–१ का लोकेन्द्र विकले बताए ।

उनले भने, ‘नवदुर्गा गाउँपालिका–२ सँग जोडिने सडकमा रडुवाखोला–मणिलेक पर्ने पुल करिब चार वर्षदेखि निर्माणाधीन छ ।’ हरेक वर्ष असार मसान्तमा सम्पन्न हुने भनिए पनि ठेकेदार डिभिजन कार्यालयसँग थप म्याद गरी काम ढिलाइ गर्ने गरेको स्थानीयवासीको गुनासो छ । यस्तै डडेल्धुराको परशुराम नगरपालिकामा पर्ने रङ्गुन पुल काम थालनी भएकोे सात वर्ष बितिसकेको छ । उक्त स्थानमा पुल बन्दा मुख्य धाममध्येको चौथो परशुरामधामलगायत पर्यटन क्षेत्रको विकासका टेवा पुग्ने परशुराम क्षेत्र विकास समितिका अध्यक्ष कैलाशकुमार पाण्डेयले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया