Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहामारीमा पनि ओप्पोको प्राविधिक विकास उच्च

महामारीमा पनि ओप्पोको प्राविधिक विकास उच्च


काठमाडौं ।
ओप्पोले सन् २०२० लाई ओप्पोको प्राविधिक विकास मानवतावादको मेरुदण्डका रुपमा लिएको छ । वर्षको सुरुवातमै कोभिड–१९को प्रकोपले सबैका लागि चुनौती र संघर्षको अवस्था सिर्जना गरेको भन्दै कम्पनीले यस्तो कठिन समयका बाबजुद पनि आफ्ना प्रयोगकर्ताका लागि अत्याधुनिक प्रविधि र उत्पादनको निर्माणलाई निरन्तरता दिएको जनाएको छ ।

यस वर्ष ओप्पोले मानवतावादका लागि स्पष्ट आवाजको उत्थान गरेको छ । व्यावसायिक नवप्रवर्तनको मूल उद्देश्य जनताप्रति समर्पित हुनुपर्ने कम्पनीको बुझाइ छ । यसका लागि ओप्पो निरन्तर गुणात्मक नवप्रवर्तनका लागि प्रेरित हुने गरेको छ । यही उद्देश्य पछ्याउँदै उपभोक्ताका आवश्यकताको पूर्ति गर्दै जीवनको उत्कृष्ट अनुभूति दिन ओप्पोले निरन्तररुपमा अग्रगामी प्रविधि पस्किँदै आएको बताएको छ ।

विश्वभर कोरोना भाइरसको महमारीका कारण मानिसहरू घरभित्रै सीमित रहनुपर्ने दुर्भाग्यपूर्ण अवस्था थियो । सोही बेलामा ओप्पोले यूडब्ल्यूबी स्पेसियल अवेरनेस प्रविधिको विकास ग-यो । ओप्पोको यूडब्ल्यूबी स्पेसियल अवेरनेस प्रविधिले घरमै बसिरहेको अवस्थामा आफ्ना आईओटी उपकरणहरूमार्फत जीवनमा सहजता ल्याउन सघाउँछ । यसको माध्यमबाट मोबाइलफोनमार्फत उपभोक्ताले स्मार्ट उपकरणहरूमा सहज नियन्त्रण पाउन सक्छन् ।

उदाहरणका लागि टीभीमा देखाएकै भरमा सहजै स्क्रिन कास्टिङ गर्न, बत्ती, ब्ल्यूटूथ लगायत घरमा रहेका अन्य उपकरणहरू हल्का जेस्चरकै भरमा नियन्त्रण गर्न सकिन्छ । यसैगरी कम्पनीले दिशासम्बन्धी ज्ञान राम्रो नभएका ग्राहकहरूको लागि नयाँ नेभिगेसन प्रणाली सञ्चालनमा ल्याएको छ । नयाँ आरटीके पोजिसनिङ अल्गोरिथमले ओप्पो स्मार्टफोनमा अवस्थितिबारे जानकारीका लागि १ मिटरभन्दा न्यून एक्यूरेसीका साथमा उच्च सटिकता प्रदान गर्छ । यसले दुई मेजरिङ स्टेसन्सका बीचमा रहेको डाटा मापन गरी सटिक अवस्थिति प्रदान गर्न प्रयोग गर्छ । तर, यो सुरुवात मात्र हो, भौतिकजगत्मा नहराउनु मात्र पर्याप्त हैन । ओप्पोले यस क्षेत्रमा अझ रोचक–ओप्पो साइबरियल पनि प्रस्तुत गरेको छ ।

सुपर एआर एपका रुपमा सटिक अवस्थिति सेवा उपलब्ध गराउने, ओप्पो साइबरियलमा जीपीएस, वाईफाई र ब्ल्यूटूथ जस्ता मोबाइल उपकरणमार्फत उपलब्ध हुने डाटा पनि जडान गरिएको छ । साथै, एसएलएएम र एआई सिन अल्गोरिथमले मिलिसेकेण्ड्समै लोकलाइजेसन सेवा उपलब्ध गराउँछ, जसले सेन्टिमिटरसम्म सटिकता प्रदान गर्छ । आउटडोर नेभिगेसनका साथै सपिङमल्सलगायत घुमिरहँदा प्रयोगकर्ताले प्रदर्शनीमा राखिएका उत्पादनका साथै भर्चुअल इन्टरटेनमेन्टको मज्जा पनि लिन सक्छन् । ओप्पो साइबरियलले प्रयोगकर्तालाई वास्तविक विश्वका पूणः निर्मित विवरण विस्तृतरुपमा प्रस्तुत गर्नुका साथै एआरसँगको समन्वयमार्फत विस्तृत डिजिटल जानकारी पनि दिने गर्दछ ।

यसैगरी कम्पनीले जीवन्त तस्बिर तथा भिडियोका साथ अमूल्य पलहरू सम्झनाका रुपमा कैद गर्नको लागि ओप्पोको नेक्स्ट जेनरेसन हाइब्रिड जुम प्रविधिको विस्तार गरेको छ । ओप्पोले दैनिक जीवनमा बृहत् रुपमा प्रयोग हुने ८५ एमएम र १३५ एमएम फोकल लेन्थमा विशेष सुधार प्रस्तुत गरेको छ । यसले गर्दा प्रयोगकर्ताले सहजरुपमा सटिक कलर रिप्रडक्सन र विस्तृत विवरणका साथ जीवन्त तस्बिर लिन सक्नेछन् । साथै, कम्प्युटर भिजन र प्याटर्न रिकग्निसन कन्फरेन्स (सीभीपीआर) २०२०मा ओप्पोले आफ्नो एक्स्ट्रिम सुपर रिजोल्युसन प्रविधिका लागि दुईवटा प्रथम स्थान र दूई तृतीय स्थानका लागि अवार्ड हात पारेको छ ।

यस प्रविधिले धमिला तस्बिरलाई १६ गुणासम्म स्पष्ट बनाउन सघाउँछ । साथै, भिजुअल लोकलाइजेसन फिचरका माध्यमबाट तस्बिर कुन ठाउँमा लिइएको हो भन्ने कुराको पहिचान गर्न तथा भिडियोमा मानव क्रियाकलापबारे समेत जानकारी प्राप्त गर्न सकिन्छ । यी सबै प्राविधिक विकासका माध्यमबाट आफ्ना प्रिय मानिसहरूका साथमा तस्बिर खिच्दा सहजताका साथै उत्कृष्टताको अनुभव समेत हुनेछ ।

साथै कम्पनीको फ्ल्यास चार्ज प्रविधिले प्रयोगकर्ताका लागि सुरक्षित, तीव्र र सुलभ अल्ट्रा–फास्ट चार्जिङ अनुभव प्रदान गर्दै ब्याट्री सकिने समस्याबाट छुट्कारा प्रदान गर्ने अठोट गरेको छ । यस वर्ष ओप्पोले १२५ वाट सुपर फ्ल्यास चार्ज र ६५वाट एयरभोक ताररहित फ्ल्यास चार्ज सोलुसन सार्वजनिक गरिसकेको छ । त्यसैगरी, अल्ट्रा स्मल पोर्टेबल ५० वाट मिनी सुपरभोक चार्जर र ११० वाट मिनी फ्ल्यास चार्जर पनि सार्वजनिक गरेको छ ।

ओप्पोको १२५ वाट फ्ल्यास चार्जमार्फत मात्र ५ मिनेट चार्ज गरेको भरमा प्रयोगकर्ताले दिनभर निर्धक्क भई आफ्नो फोनको प्रयोग गर्न सक्छन् । त्यसैगरी, ओप्पो इन्नो डे २०२० मा ओप्पोले ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’ नारालाई अघि सारेको थियो । यस उद्देश्यका साथमा प्रयोगकर्ताका लागि पूर्ण समर्पित हुँदै सबै कठिनाइको समाधान उपलब्ध गराउने सोच कम्पनीले लिएको छ । सन् २०२० ओप्पोका लागि निकै अर्थपूर्ण रहेको कम्पनीको भनाइ छ । आगामी दिनमा थप रोचक नवप्रवर्तनहरूका साथमा आफ्ना विश्वभरका प्रयोगकर्तालाई अभूतपूर्व प्राविधिक अनुभव बाँड्नु ओप्पोको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया