नेपाल स्टारमा ‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे’ घोषणा गरिने
काठमाडौं ।
वृज सिमेन्टले नेपाल स्टार सांगीतिक कार्यक्रमका १० उत्कृष्ट प्रतियोगीहरूलाई प्रत्येक हप्ताको प्रतिस्पर्धापछि ‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे’ घोषणा गर्ने भएको छ । साथै कम्पनीले विजेतालाई प्रत्येक हप्ता १० हजार रुपैयाँका दरले नगद र ट्रफी प्रदान समेत गर्ने वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका प्रबन्धनिर्देशक मनोज कुमार केडियाले बताए ।
मंगलबार आयोजना गरिएको नगद पुरस्कार घोषणा कार्यक्रममा उनले वृज सिमेन्ट जहिले पनि देशका हरेक विधाका ऊर्जाहरूलाई सहयोग र प्रेरणा गर्न तत्पर रहेको बताए । नेपाल स्टारमा वृज सिमेन्ट पावर बाई स्पोन्सर खण्डमा रहेको र नेपाली कला, संस्कृति, गीत र संगीतलाई माथि उठाउन हातमा हात मिलाएर अगाडि बढ्न तयार रहेको बताए ।
नेपाल स्टार नेपालको आफ्नै गायन प्रतियोगिता हो जुन प्रतियोगिताको लागि नेपालभरबाट अडिसन लिई गत वर्ष फागुन २४ गतेदेखि नेपाल टेलिभिजनवाट प्रसारण सुरु भएको हो । नेपाल स्टारको यो पहिलो सिजन हो । उक्त कार्यक्रममा नेपाल स्टारका निर्णायक आलोक श्री, रामकृष्ण ढकाल, अन्जु पन्त, नेपाल स्टारका निर्देशक रवि श्रेष्ठ एवं कि एडभरटाइजिङ्ग सर्भिस प्रालिका प्रबन्धनिर्देशक रविन्द्र कुमार रिजाल लगायतको उपस्थिति थियो ।
कम्पनीका अनुसार वृज सिमेन्ट एवं केडिया अर्गनाइजेसन रेडियो नेपालदेखि गीत संगीतको क्षेत्रमा संलग्न हुँदै आइरहेको छ । कम्पनीको ३० वर्षअगाडि रेडियो नेपालबाट प्रसारण हुने ‘सुन्दर सुशील’ सांगीतिक कार्यक्रमबाट आफ्नो यात्रा सुरु गरेको संगीतको बाटो आज नेपाल स्टारसम्म आइपुगेको छ । भोटको आधारमा प्रत्येक हप्ता एक जना प्रतिस्पर्धी बाहिरिने र उक्त मञ्चबाट कोही एक जनालाई प्रत्येक हप्ता वृज सिमेन्टको तर्फबाट ‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे घोषणा’ गरी १० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया