जगदम्बा सिमेन्टद्वारा विपन्न विद्यार्थीको शिक्षामा सहयोग
काठमाडौं ।
जगदम्बा सिमेन्टले शिक्षाबाट वञ्चित रहेका सिरहाका ३० जना विपन्न विद्यार्थीहरुको शैक्षिक विकासका लागि होस्टे हैँसे नामक संस्थासँग सहकार्य गर्दै छात्रवृत्ति प्रदान गरेको छ । कम्पनीले जगदम्बा योगदानअन्तर्गत रहेर उक्त छात्रवृत्ति प्रदान गरेको हो । कम्पनीले यस पनि सद्भाव छात्रवृत्तिअन्तर्गत एक सय जनाभन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको थियो ।
जगदम्बा सिमेन्टका तर्फबाट कम्पनीका लेखा प्रमुख सुनिल खेतानले सम्झौता पत्रमा हस्ताक्षर गर्दै चेक हस्तान्तरण गरेका थिए । कम्पनीका वरिष्ठ ब्राण्ड प्रबन्धक जगन्नाथ दाहालले कम्पनीले आगामी दिनहरुमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।
जगदम्बा सिमेन्ट नेपालको सर्वाधिक रुचाइएको ब्राण्ड हो । यो कम्पनीले नेपालमा पीएससी, पीपीसी र ओपीसी सिमेन्टहरु उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको छ । आफूलाई सिमेन्टको बिक्रीवितरणमा मात्र सीमित नराखी जगदम्बा सिमेन्टले विभिन्न उपभोक्तामुखी सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आइरहेको छ । कम्पनीले जगदम्बा सचेतना अभियान, जगदम्बा विशेष, जगदम्बा जागरण, जगदम्बा आरोहणलगायतका उपभोक्तामुखी योजनाहरु सञ्चालन गर्दै आइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया