सामसङको ग्यालेक्सी एम५१ नेपालमा सार्वजनिक
काठमाडौं ।
सामसङले आफ्नो एम सिरिजअन्तर्गत ग्यालेक्सी एम५१ स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ । यसमा ७ हजार मेगाहर्जको ब्याट्रीको साथ स्न्यापड्रगन ७३० जी रहेको छ । कम्पनीका अनुसार ग्यालेक्सी एम५१ नेपालको पहिलो ७ हजार मेगाहर्ज ब्याट्री भएको स्मार्टफोन हो । इन्डस्ट्री लिडिङ्ग नवीनतम एम५१ ले धेरै समय मोबाइलमा बिताउने आजका युवाहरुको आवश्यकतालाई सहजै पूरा गर्ने कम्पनीको भनाइ छ ।
यस फोनको बक्ससँगै टाइप–सी २५ वाटको चार्जर पनि उपलब्ध रहेको छ, यस चार्जरले चाडो समयमा मोबाइलको मोनस्टेर ब्याट्री मात्र २ घण्टामा चार्ज गर्ने क्षमता राख्छ । यो फोनमा सिभर्स चार्जिङ्ग पनि उपलब्ध रहेको छ । टाइप सीबाट टाइप सी केबलले अन द गोको अवस्थामा पनि आफ्ना जीवन्त अनुभव सेयर गर्ने सुविधा दिन्छ । साथै यसमा दृश्यावलोकनको जीवन्त अनुभव प्रदान गर्न ६.७ इन्चको सामोलेड प्लसको साथ इन्फिनिटि–ओ डिस्प्ले रहेको छ ।
सामोलेडको तुलनामा सामोलेड प्लस डिस्प्ले १३ प्रतिशत पातलो तथा १२ प्रतिशत हलुका रहेको छ । यसले सात हजार मेगाहर्जको ब्याट्री राख्दा पनि फोन केवल ९.५ एम एम पातलो तथा २१३ ग्राम तौलको बन्न पुगेको छ । प्यानलले अभूूतपूर्व एङ्गलमा पनि अनेकौं रंगहरु जस्ताको तस्तै देख्न सकिन्छ, यसमा पिक्चरको गुणस्तरीयता पनि उत्तिकै रहन्छ ।
साथै यसको क्वाड क्यामरा सेटपमा दिन र रातमा अभूतपूर्व फोटो खिच्नको लागि ६४ मेगापिक्सलको सोनी आईएमएक्स ६८२ सेन्सर रहेको छ । यस फोनमा १२३ डिग्रीको फिल्ड अफ भ्यु रहेको छ, जसले गर्दा मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो खिच्ने सुविधा प्रदान गर्दछ । त्यसैगरी यसमा भएको ५ मेगा पिक्सलको डेडिगेटेड लेन्सले क्लोज अप फोटो खिच्दा लाइभ फोकस गर्न सकिन्छ । यसमा फोरके भिडियो रेकर्ड गर्न सकिनेछ भने हाइपर ल्याप्स, स्लोमो तथा सुपर स्टेडी मोडहरु उपलब्ध छन् ।
यस फोनमा शक्तिशाली क्यामरा हार्डवेयरको साथ विशेष सुविधाहरु जस्तै सिग्नल टेकजस्तो सुविधा पनि राखिएको छ । यसबाट क्यामराको नयाँ तहको अनुभव प्राप्त हुन्छ । सिङ्गल टेक सुविधाबाट उत्कृष्ट अवस्थालाई कैद गर्न सक्दछ र १० सेकेन्डसम्मको फुटेज खिचेर एआईको माध्यमबाट १० फरक–फरक आउट पुट प्रदान गर्दछ, जसमा ७ प्रकारको फोटो र ३ प्रकारको भिडियो रहनेछन् । साथै यसमा कम पावर खपत हुने स्न्यापड्रगन ७३० जी मोबाइल प्लाटफर्मको प्रयोग गरिएको छ । २.२ गिगाहर्जमा अक्टाकोर सीपीयू सञ्चालन हुन्छ । यसअघि एम सिरिज फोनहरुमा यसको प्रयोग गरिएको थिएन ।
कम्पनीका अनुसार एम५१ दुई मेमोरी क्षमता ६/१२८ जीबी तथा ८/१२८ जीबीमा उपलब्ध रहेको छ । यो स्मार्टफोन दुई आकर्षक रंगहरु इलेक्ट्रिक ब्लु तथा सेलेस्टियल ब्ल्याकमा उपलब्ध रहेको छ । ६/१२८ जीबीको मूल्य ३९ हजार नौ सय ९९ रुपैयाँ तथा ८/१२८ जीबीको मूल्य ४३ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । ग्यालेक्सी एम५१ फोन नेपालभर रहेका सामसङ ब्राण्ड सप तथा रिटेल स्टोरहरुमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया