Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफेस अनलकको साथ सुलभ मूल्यमा फोरजी स्मार्टफोन नोकिया सी१ प्लस

फेस अनलकको साथ सुलभ मूल्यमा फोरजी स्मार्टफोन नोकिया सी१ प्लस


काठमाडौं ।
अघिल्लो सी—सिरिज फोनको सफलतापश्चात् एचएमडी ग्लोबलले नोकियाको नयाँ स्मार्टफोन ल्याएको छ । नयाँ नोकिया सी१ प्लस सबैभन्दा कम लागतको थ्रीजी र फोरजी नोकिया स्मार्टफोन हो । नोकिया सी १ प्लसले सी—शृंखलाको प्रावेशिक स्तरमा फोर जी कनेक्टिभिटी ल्याउने र विश्वभरि अझ बढी प्रयोगकर्ताहरूलाई व्यापक अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

नोकिया सी१ प्लसको साथमा ग्राहकहरुले अन्तसम्म ऊर्जावान बनाउने सेल्फी र भिडियोहरू, एप र टेक्स्टहरू पाउनेछन् । साथै इमर्सिभ मनोरन्जनको क्रिस्प र क्लिन तीक्ष्ण सामग्रीको आनन्द लिन सक्दछन् । यसमा २५०० एमएएच ब्याट्री छ । थ्रीजी र फोरजीद्वारा प्रोत्साहित नोकिया सी१ प्लसमा भएका अनुभवहरू सहज र स्पष्ट छन्, यो डाटाको गतिमा यसको पूर्ववर्तीभन्दा १० गुणा बढी छिटो छ । थपिएको सुरक्षा र सुविधाको लागि, फेस अनलकले ग्राहकलाई मात्र एक झलकमा आवश्यक सबै कुरामा पहुँच गर्न र बढी स्टोरेज दिन्छ ।

नोकिया सी१ प्लस एन्ड्रोइड १० (गो संस्करण)को साथ आउँछ, यसमा हल्का एपहरू र कम ब्लोटवेयरको ३ हजार गीतहरू वा १३ घण्टाको एचडी भिडियो राख्न सकिनेछ । नोकिया सी१ प्लसमा ५.४५ इन्चको एचडी प्लस आईपीएस क्लियारिटी डिस्प्ले, शक्तिशाली फ्रन्ट—फेसिङ फ्ल्यास फिचर छ । त्यस्तै, यो फोन ५ एमपी रियर र फ्रन्ट क्यामेरा, १ जीबी+ १६ जीबी स्टोरेज भेरियन्टमा आठ हजार तीन सय ९९ रुपैयाँ मूल्यमा ब्लू र रातो रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया