नेपाल प्राइभेट इक्विटी एसोसिएसनको स्थापना
काठमाडौं ।
नेपालको निजी लगानी प्रणाली सबल र सुदृढ गर्नका लागि मुख्य भूमिका निर्वाह गर्न नेपालका प्रमुख प्राइभेट इक्विटी कम्पनीहरुले नेपाल प्राइभेट इक्विटी एसोसिएसन नामक संस्थाको स्थापना गरेका छन् । यो पहलले नेपालमा बढ्दो निजी लगानी र उद्यम पुँजी क्षेत्रलाई धेरै आवश्यक प्रतिनिधित्वको साथै सरकारी निकायहरू र नियामकहरूसँग औपचारिक संलग्नता गर्ने मञ्च प्रदान गर्नेछ ।
यस क्षेत्रलाई सहयोग गर्दै आएका बेलायती दूतावासका आर्थिक विकास विभागका प्रमुख नथ्यानियल वेभनले नेपालको पहिलो प्राइभेट इक्विटी एसोसिएसन सुरू भएको प्रति खुसी व्यक्त गरे । ‘यसले अझ प्रगतिशील लगानीको वातावरण पनि सक्षम पार्छ, जसले व्यवसायहरुलाई अझ बढ्न मद्दत पु-याउँछ, जसले गर्दा नेपालमा आर्थिक वृद्धिलाई सहयोग गर्नेछ’, उनले भने ।
एनपीईए कम्पनी ऐनअन्तर्गत मुनाफा वितरण नगर्ने संस्थाको रूपमा सम्मिलित छ, जुन एक सञ्चालक समिति द्वारा सञ्चालित हुनेछ । यसका सदस्यहरुमा एक्सेलेटर नेपाल, टु नर्थ एसोसिएट्स, बिजनेस अक्सिजन, वान तु वाच, डोल्मा एडभाइजर्स र टिम भेञ्चर्स रहेका छन् । सुमन जोशीले संस्थापक समितिको अध्यक्ष बनेका छन् ।
साथै समितिमा सिद्धान्त पाण्डे, विद्यावारिधि सिग्देल, अनुपम मान छन्त्याल र तेन्जिन सोनम गोन्सर सदस्य छन् । अनुसन्धान क्रियाकलापको अतिरिक्त यस संस्थाले वैकल्पिक लगानी क्षेत्रमा कार्यरत जनशक्तिको सीप, क्षमता तथा ज्ञान अभिवृद्धि गर्नका लागि तालिम, गोष्ठी, सम्मेलन गरी नेपाललगायत अन्य विभिन्न देशका समान यस्तै प्रकृतिका संघ/संस्थाहरुसँग मैत्री सम्बन्ध र सहकार्य गर्ने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया