एम्नेस्टी नेपालद्वारा ‘हजार माइलको यात्रा’ कार्यक्रम सुरू
काठमाडौं ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भ पारेर एम्नेस्टी इन्टरनेशनल नेपालले ‘हजार माइलको यात्रा’ नामक एउटा नयाँ अडियो कार्यक्रमको प्रसारण प्रारम्भ गर्ने भएको छ । कोभिड–१९ महामारी र महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारद्वारा गरिएका प्रतिकार्यले नेपाली आप्रवासी श्रमिकमाथि पारेको प्रभावबारे उक्त कार्यक्रमले प्रकाश पार्नेछ ।
‘द स्टोरी किचेन’सँगको सहकार्यमा बनेको यस कार्यक्रममा छ वटा श्रृङ्खलाहरू रहेका छन् । प्रत्येक शृंखलामा कोभिड–१९ महामारी सुरू भएपछि आप्रवासी श्रमिकहरूले भोगेका अनुभवहरूको विविध पक्षबारे चर्चा गरिएका छन् ।
कार्यक्रममा आप्रवासी श्रमिक, सरकारी अधिकारीहरू, पत्रकार र आप्रवासी श्रमिकहरूको अधिकारक्षेत्रमा सक्रिय अभियन्ताहरूसँगको अन्तर्वार्ता र कुराकानी रहेको छ । नेपाली आप्रवासी श्रमिकहरू महामारी सुरू हुनु अगाडिदेखि नै सबैभन्दा असुरक्षितमध्येको एउटा जनसांख्यिक समूहमा रहेका थिए, जो निरन्तर रूपमा रोजगारदाता र भर्ती केन्द्रहरूबाट दुर्व्यवहार र शोषणको शिकार हुँदै आएका थिए ।
कोभिड र यस महामारीले निम्त्याएको स्वास्थ्य संकटको प्रतिकार्यमा विभिन्न सरकारहरूले ल्याएका सरकारी नीतिहरूले उनीहरूको पहिल्यै देखिको अस्थिर र जोखिम अवस्थालाई थप नाजुक बनाएको थियो । संक्रमणको जोखिम हुँदाहुँदै पनि कतिपय श्रमिकहरूलाई काममा जान बाध्य पारिएको थियो भने कतिपयलाई त आधारभूत सेवा सुविधाहरू उपभोग गर्नबाट समेत वञ्चित पारिएको थियो ।
सरकारले एक्कासि र एकदमै छोटो सूचना दिएर सीमा नाकाहरू बन्द गरी आवतजावतमा बन्देज लगाएपछि हजारौं श्रमिकहरू अलपत्र परेका थिए । एम्नेस्टी इन्टरनेशनल नेपालका निर्देशक निराजन थपलियाका अनुसार यो वर्ष स्वदेश र विदेश दुवै ठाउँमा यस्ता अद्भुत समस्याहरू सामना गर्न बाध्य भएका व्यक्तिका कथाहरूलाई यस रेडियो कार्यक्रमको शृंखलामा समेट्ने प्रयत्न गरिएको छ ।
यस अडियो कार्यक्रमको पहिलो शृंखला देशभरका विभिन्न १७ वटा रेडियो स्टेसनहरूबाट प्रसारण हुनेछ । कार्यक्रम हाम्रोपात्रो यापलगायत अन्य पोडकास्टिङ प्लेटफर्ममार्फत अनलाइन पनि उपलब्ध हुने बताइएको छ । कार्यक्रमको नयाँ शृंखला हरेक शुक्रबार र शनिबार बिहान सार्वजनिक हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया