हल अफ फेम पुस ११ देखि सुरु हुने
काठमाडौं ।
गायन प्रतिभा प्रोत्साहन कार्यक्रम हल अफ फेमको सिजन २ आगामी पुस ११ गते शनिबारदेखि सुरु हुने भएको छ । एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हुनलागेको यो सिंगिङ रियालिटी शोको प्रसारण हिमालय टेलिभिजनबाट पनि गरिने बताइएको छ । विश्वभरका सयौँ प्रतिस्पर्धीबाट छनोट भएका टप ५० गायन प्रतिभाहरुबीचको यो प्रतिस्पर्धा निकै रोचक हुने अपेक्षा गरिएको छ ।
कोभिड १९ कोरोना महामारीले विश्व नै ठप्प भएको बेला घोषणा गरिएको अन्तर्राष्ट्रिय अनलाइन प्रतिस्पर्धामा निर्णायकको रुपमा वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा ब्याण्डका चर्चित गायक विवेक श्रेष्ठ र रजिना रिमाल रहनेछन् । कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र मिस नेपाल ओसेनिया २०२० जेमिना श्रेष्ठले संयुक्त रुपमा गर्नेछन् ।
एमएनटीभी अष्ट्रेलियाका ब्राण्ड एण्ड मार्केटिङ मेनेजर रमन झाले गायन प्रतिस्पर्धामा निर्णायकको मत नै अन्तिम हुने जानकारी दिए । उनका अनुसार निर्णायकको मतलाई ७० प्रतिशत र दर्शकहरुको प्रतिक्रियालाई ३० प्रतिशतका आधारमा निर्णय गरिनेछ । हल अफ फेम सिजन २ मा सहभागी हुन कुनै उमेरको बन्देज लगाइएको थिएन भने विश्वका विभिन्न १२ देशबाट प्रतिस्पर्धीहरुले सहभागिता जनाएका छन् ।
गत नोभेम्बर १५ सम्ममा आएका आवेदनमध्ये निर्णायक मण्डलले टप ५० को छनोट गरेका हुन् । हिमालय टेलिभिजनमा राति ८ बजेदेखि ९ बजेसम्म प्रसारण हुने हल अफ फेम सिजन २ को समापन आगामी माघ २४ गते शनिबार हुनेछ । विजेताले पाँच लाख रुपैयाँबराबरको पुरस्कार पाउनेछन् जसमा १ लाख नगद र गीत रेकर्डिङ, म्युजिक भिडिया निर्माण, अन्तर्राष्ट्रिय प्रवर्द्धनलगायत समावेश छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया