Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमई ‘भरोसा कोष’को रकम वितरण सुरु

आईएमई ‘भरोसा कोष’को रकम वितरण सुरु


काठमाडौं ।
कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आईएमई ‘भरोसा कोष’को रकम वितरण सुरु भएको छ । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो । शुक्रबार राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यकमका बीच आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्रुपका प्रबन्धनिर्देशक हेमराज ढकालले संयुक्त रूपमा काठमाडौंमा उपलब्ध आवेदकहरूलाई चेक हस्तान्तरण गरी वितरण प्रारम्भ गरेका हुन् ।

आईएमई पे वालेटमार्फत रकम भुक्तानी लिनसक्ने व्यवस्था मिलाइएको कोशको सहयोग राशि पुस मसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिएको छ । चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठूलो पीडा थपिएको महशुस गरी त्यो पीडामा केही सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोषको स्थापना गरिएको बताए ।

प्रबन्धनिर्देशक हेमराज ढकालले निजी क्षेत्रबाट स्थापित यस कोषले प्रभावित परिवारलाई केही न केही सहयोग पुग्ने उल्लेख गरे । प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भरोसा कोष कोभिड–१९ ले विदेशमा मृत्यु भएका श्रमिकका नेपालमा हुने निकटका आफन्तलाई मात्र भएको बताए ।

ब्राण्ड एम्बासडर दीपकराज गिरीले दुःखको बेलामा साथ दिने आईएमईको परम्परा स्मरण गर्दै यस्तो परोपकारी कार्यले संस्थालाई झनै मजबुत बनाउने बताए । त्यस्तै ब्राण्ड एम्बासडर दीपाश्री निरौलाले परिवारको लालनपालनका लागि विदेश गएका सदस्य गुमाउनुपर्दा बाँच्नेलाई जुन पीडा हुन्छ त्यो पीडा बुझेर आईएमईले स्थापना गरेको भरोसा कोष आफैंमा महत्वपूर्ण र समग्र निजी क्षेत्रका लागि अनुकरणीय परोपकारी कार्य भएको बताइन् ।

सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने इच्छुक आफन्तहरूले आवश्यक विवरणसहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सबै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल मंसिर १५ गतेसम्म आवेदन दिनसक्ने गरी व्यवस्था मिलाइएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया