Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवेस्टर्न युनियनद्वारा बम्पर लक्की ड्र विजेतालाई १० लाख हस्तान्तरण

वेस्टर्न युनियनद्वारा बम्पर लक्की ड्र विजेतालाई १० लाख हस्तान्तरण


काठमाडौँ ।
वेस्टर्न युनियनले ‘दशैं तिहारको सौगात’ अन्तर्गत बम्पर लक्की ड्रको विजेता घोषणा गरेको छ । एक कार्यक्रमका बीच सी.जी. फिन्कोबाट रकम प्राप्त गरेकी बम्पर लक्की ड्रकी विजेता कल्पना शाहीलाई मंगलबार सी.जी. फिन्कोका डी.जी.एम. नर बहादुर के.सी.ले १० लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।

उक्त रकम प्राप्त गरेकी विजेता कल्पना शाहीले सो रकम उत्पादन मूलक क्षेत्रमा लगानी गरी जिवन भर वेस्टर्न युनियन मनि ट्रान्सफरलाई सम्झिरहने बताएकी छिन । यो प्रवद्र्धन दशैं, तिहार र छठ पर्वको अवसरमा अक्टुबरमा सार्वजनिक गरिएको थियो । उक्त योजना अन्तर्गत हरेक हप्ता १० जना भाग्यशाली विजेताले २५ हजार रुपैयाँ जित्ने अवसर पाएका थिए ।

प्रवर्द्धन अवधिभरिका सम्पूर्ण योग्य कारोबारहरु बम्बर लक्की ड्र मा समावेश गरिएको थियो । यो प्रबर्द्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्णा ट्राभल एण्ड टुर्स् प्रा.लि., सी.जी. फिन्को लि., हुलास रेमिटान्स, माया रेमिट प्रा.लि., नबिल बैंक, डिजिटेक रेमिटान्स प्रा.लि. र सूर्य रेमिट प्रा.लि.बाट रकम प्राप्त गरेको हुनुपर्ने थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया