ओप्पोद्वारा भारतमा फाइभजी इन्नोभेसन ल्याब स्थापना
काठमाडौं ।
ओप्पोले फाइभजी कनेक्टेड इकोसिस्टमका लागि आवश्यक प्रमुख उत्पादनहरुको थप विकास तथा निर्माणकार्यका लागि आफ्नो हैदरावाद आरएण्डडी सेन्टरमा फाइभजी इन्नोभेसन ल्याब स्थापनाको घोषणा गरेको छ । फाइभजीको व्यवसायीकरण तथा तीव्र गतिमा विकासोन्मुख क्षेत्रमा भारतको सटिक प्राविधिक उपस्थिति दर्शाउने यो पहल ओप्पोका लागि निकै महत्वाकांक्षी कदमका रुपमा रहेको छ ।
‘ओप्पोको प्राविधिक विकासका लागि फाइभजी एक अपरिहार्य दिशाका रुपमा रहँदै आएको छ । भारतमा फाइभजी ल्याबको स्थापनासँगै फाइभजी इकोसिस्टमका लागि अत्यावश्यक मूलभूत प्रविधिहरुको निर्माण हाम्रो प्रमुख उद्देश्य हो’, ओप्पो रिचर्स इन्स्टिच्युटका प्रमुख लेभिन ल्यूले भने, ‘साथै हाम्रा पार्टनरहरुका साथमा औद्योगिक रुपान्तरणलाई थप अगाडि बढाउन यसले उल्लेख्य टेवा पु-याउने हाम्रो विश्वास छ ।’ विकास अग्रसर ओप्पोको यो कदमले ब्राण्डद्वारा भर्खरै घोषित थ्री+एन+एक्स रणनीतिको सटिक प्रतिनिधित्व पनि गरेको छ । जहाँ ‘एन’ले फाइभजी, एआई र कनेक्टिभिटीलगायत आवश्यक दक्षता/क्षमताको प्रतिनिधित्व गर्छ । स्थापित नयाँ ल्याबले यावत् क्षेत्रहरुमा प्राविधिक क्रान्तिका लागि सुधारोन्मुख कार्य गर्नेछ ।
फाइभजी क्षेत्रकै एक सक्रिय कम्पनीका रुपमा ओप्पोले फाइभजी मानक, उत्पादन विकास, एप्लिकेसन विकास तथा नवप्रवर्तनका क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आइरहेको छ । सन् २०१५मा एकीकृत थ्रीजीपीपी मानकका लागि विश्वव्यापी प्रयास गर्ने ओप्पो नै एक मात्र कम्पनीका रुपमा रहेको थियो । सन् २०२०को सेप्टेम्बरसम्म आइपुग्दा ओप्पोले तीन हजारभन्दा बढी थ्रीजीपीपीका लागि फाइभजी मानकसम्बन्धी प्रस्तावना पेश गरिसकेको छ । साथै, १ हजार फाइभजी मानक प्याटेन्ट फेमिलिज ईटीएसआईका लागि घोषणा गरिसकेको छ । जापानी रिसर्च इन्स्टिच्युसन एनजीबी कर्पोरेसनका अनुसार फाइभजी प्याटेन्ट फेमिलिज घोषणा गर्ने कुरामा ओप्पो वैश्विकस्तरमै दश अग्रणी कम्पनीमध्येको एकमा पर्दछ ।
वैश्विक बजारमा फाइभजीको व्यवसायीकरणलाई तीव्रता दिन ओप्पोले एरिक्सन र क्वालकम जस्ता औद्योगिक क्षेत्रमै अग्रणी पार्टनर्ससँग नजिक रही सहकार्य अघि बढाइरहेको छ । यस वर्ष कम्पनीले स्विट्जरल्याण्डमा कमर्सियल स्ट्यान्डअलोन फाइभजी नेटवर्कमार्फत भ्वाइस तथा डाटा कल्स गर्ने कार्यमा सफलता पनि हात पारिसकेको छ । यसका साथै ओप्पोले भारतबाट पहिलो फाइभजी ह्वाट्सएप कल गर्ने कार्यमा पनि सफलता हात पारिसकेको छ ।
हालको दिनसम्म आइपुग्दा ओप्पोले विश्वभरका ५० भन्दा बढी संस्थासँग फाइभजी सेवा उपलब्ध गराउनका लागि सहकार्य गरिरहेको छ । प्राविधिक उपलब्धिको सम्वाहकका रुपमा आफ्नो वर्तमान अवस्थालाई थप विकसित गर्दै र अभूतपूर्व नवप्रवर्तनका लागि आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै ओप्पोले विशेषतः क्यामेरा, ऊर्जा तथा ब्याटी र परफरमेन्स समर्पित थप तीन फंक्सनल ल्याब भारतमा सञ्चालनमा ल्याउने तयारी पनि गरेको छ । विश्वभरका आफ्ना प्रयोगकर्ताका लागि यी ल्याबले नवप्रवर्तनात्मक तथा अत्याधुनिक प्रविधि विकास गर्ने कार्यमा आफ्नो ध्यान केन्द्रित गर्ने जानकारी दिइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया