महावीरको परियोजनालाई नेपालगञ्ज ग्यालरीको सहयोग
बाँके, पुस १८
महावीर पुनको परियोजनाका लागि अभियान सञ्चालन गरी संकलन गरिएको रकम नेपालगञ्ज ग्यालरीले बुझाएको छ । सूचना प्रविधि अभियन्ता महावीर पुनको परियोजनाको लागि नेपालगञ्ज ग्यालरीले केही हप्ताअघि ह्यासट्याग ‘नेपालगञ्ज ग्यालरी महावीर पुनलाई सहयोग गरौ अभियान’ सुरु गरेको थियो ।
त्यसै अभियानमार्फत ५९ जना ग्यालरीका सदस्यहरुबाट संकलित गरिएको एक लाख २८ हजार ७ सय ५१ रुपैयाँ बिहीबार राष्ट्रिय आविष्कार केन्द्रमा गई बुझाइएको नेपालगञ्ज ग्यालरीका एडमिन समिरमान श्रेष्ठले जानकारी दिए । संकलित रकम बुझाउनको लागि नेपालगञ्ज ग्यालरीका सक्रिय सदस्य विवेक श्रेष्ठ राष्ट्रिय आविस्कारक केन्द्र काठमाडौं पुगेका थिए । उनले महावीर पुनलाई प्रत्यक्ष भेटेर संकलित रकम बुझाएका हुन् ।
सूचना प्रविधि अभियन्ता महावीर पुनले आफूलाई बैंकले ऋण दिन नपत्याएको गुनासो गर्दै केही हप्ताअघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पुनले आफूलाई दुईवटा परियोजनाको लागि तीन करोड रुपैयाँ आवश्यक परेको तर नेपाली बैंकले नपत्याएको बताएपछि पुनको परियोजनालाई सहयोग गर्ने उद्देश्यले नेपालगञ्ज ग्यालरीले अभियान सुरु गरेको सक्रिय सदस्य विवेक श्रेष्ठले बताए । महावीर पुनले तीन वर्षपछि रकम फिर्ता दिने बताए पनि हाम्रो टिमले पुनले गरेको कार्यको सम्मान गर्दै रकम पछि फिर्ता नलिने मनसायले संकलित रकम बुझाएको ग्यालरीका एडमिन समिरमान श्रेष्ठले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आर्थिक कूटनीतिलाई बढावा दिन महासंघको राजदूतहरूलाई आग्रह
- सिंगापुुरमा उद्योग संगठन मोरङलाई एसिया प्रशान्त क्षेत्रको अवार्ड
- भृकुटीमण्डपमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी
- दुई ब्रोकर एसोसिएसनबीच मर्जर सम्झौता
- हिमालयन क्यापिटलको साधारणसभा सम्पन्न
- नबिल बैंक दक्षिण एसियाको वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
- मानुषी लघुवित्तको नाफा ऋणात्मक
- ज्योती ग्रुपका दाजुभाई बिचको द्वण्द : सम्पति लिलामीको लागि बैंकले निकाल्यो ३५ दिने सूचना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया