Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआरती ग्यालभोलुम सिट नेपाली बजारमा आउँदै

आरती ग्यालभोलुम सिट नेपाली बजारमा आउँदै


काठमाडौं ।
आरती स्ट्रिप्स प्रालिले आफ्नो नयाँ उत्पादन आरती ग्यालभोलुम सिट छिटै नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले फागुन महिनाबाट नयाँ उत्पादन आरती ग्यालभोलुम रंगीन तथा सादा कर्कट जस्तापाता उत्पादन गरी बजारमा ल्याउनलागेको हो । कम्पनीका अनुसार आरती ग्यालभोलुम एक उच्च कोटीको जस्तापाता हो, जो आलमुनियम, जिन्क एवं सिलिकनको माध्यमबाट बन्छ । यसको टिकाउपन साधारण जस्तापाताभन्दा करिब चार गुणा बढी रहने कम्पनीको भनाइ छ ।

यो चम्किलो एवं नेपालको हावापानीलाई सुहाउने कर्कट जस्तापाता हो । नेपालमै पहिलोपटक आरती स्ट्रिप्सले ल्याउनलागेको ग्यालभोलुम कर्कट जस्तापाता विभिन्न कलर र आर्कषण डिजाइनहरुमा आउने कम्पनीले जनाएको छ । यसले घरलाई सुन्दरता प्रदान गर्नुका साथसाथै विभिन्न ठूलाठूला कल कारखानाहरु बनाउन, घरको सिलिङ्ग लगाउन तथा हरेक छानासम्बन्धी कामहरुमा अत्यन्त उपयोगी एवं आकर्षक हुनेछ ।

विश्व कोरोना महामारीको विषम परिस्थिति रहेको बेलामा पनि उद्योगले आफनो लगानी थप गर्दै देशको अर्थतन्त्रमा केही प्रतिशत रोजगारीलगायतमा थप योगदान पु-याउने जनाएको छ । यसको साथसाथै चाँडै उक्त उत्पादन भारतमा समेत निकासी गर्ने योजना रहेका कम्पनीले जनाएको छ । साथै यस उद्योगले आगामी वर्षभित्रै कोल्ड रोल्ड मिल स्थापना गरी उत्पादन गर्ने प्रक्रियामा छ ।

आरती स्ट्रिप्स नेपालको सबैभन्दा ठूलो र एकमात्र विभिन्न रङ्गहरुमा रंगीन तथा सादा कर्कट जस्तापाता, पाइपलगायतका वस्तुहरु उत्पादन गर्ने स्टिल कम्पनी हो । नेपालको पूर्वी जिल्ला मोरङ्गको विराटनगरमा रहेको यस कम्पनीको स्थापना सन् २००२ मा भएको थियो । नेपालको सबैभन्दा ठूलो शतप्रतिशत विदेशी लगानीमा सञ्चालन भएको स्टिल कम्पनी आरती स्ट्रिप्सले २ वर्षअगाडि वार्षिक २ लाख मेट्रिक टन उत्पादन क्षमता भएको फलामे छड (टीएमटी) उत्पादन सुरु गरेको छ, जुन युरोपियन विश्वविख्यात कम्पनी इटलीको डेनाली कम्पनीको रहेको छ । कम्पनीका अनुसार यसबाट आरती पर्फेक्ट टीएमटी एफई ५५० डी र आरती टाइगर टिएमटी एफई ५५० डी (फलामे छड) उत्पादन हुने गर्दछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया