Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपोखरामा टीभीएस एनटर्क १२५ रेस एडिसन सार्वजनिक

पोखरामा टीभीएस एनटर्क १२५ रेस एडिसन सार्वजनिक


काठमाडौं, पुस १८
टीभीएस मोटर कम्पनीले टीभीएस एनटर्क १२५ रेस एडिसन बिहीबार पोखरामा सार्वजनिक गरेको छ । यो रेस एडिसनमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड ल्याम्प अथार्त आकस्मिक बत्ती पनि छ जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिन्छ ।
स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै ‘रेस इडिसन’ ले टीभीएसको रेसिङ पेडिग्रीलाई झल्काउछ । यो स्कुटर शानदार तीन संयोजन– म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

टीभीएस मोटर कम्पनीका, इन्टरनेशनल बिजनेस, एक्जुकेटिभ भाइस–प्रेसिडेन्ट आर दीलिपले टीभीएस एनटर्क १२५ सार्वजनिक गरेको दिनदेखि नै नेपालमा यसको जेन जेड ग्राहकहरुमाझ निकै लोकप्रिय बन्न पुगेको बताए । यसको आकर्षक एपिरियन्स र टीभीएस स्मार्ट एक्सकनेक्ट विशेषता बाहेक, यसको प्रदर्शन टीभीएस एनटर्क १२५ को हलमार्क बनेको उनको भनाई थियो । यो स्कुटर टीभीएस रेसिंगको ३७ वर्षको समृद्ध पेडीग्रीबाट निर्माण गरिएको हो  । यसलाई मनाउनका लागि रेस एडिसन सार्वजनिक गरिएको हो । जगदम्बा मोटर्सका प्रबन्धनिर्देशक शाहिल अग्रवालले टीभीएस एनटर्क १२५ को सार्वजनिकले नेपालको स्कुटर बजारमा ठुलो परिवर्तन ल्याएको बताए ।

रेस एडिसनले थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढि अपेक्षा राख्ने ग्राहकहरुलाई सन्तुष्ट पार्ने उनले बताए । टीभीएस एनटर्क १२५, नेपालको स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर हो जुन प्रदर्शन, स्टाइल र प्रविधिका लागि परिचित छ । यो स्कुटर एक्सक्लुसिभ एप्लिकेसनसँग पेयर्ड गरिएको छ । टीभीएस कनेक्ट र रेस एडिसन प्रयोगकर्ताले स्पेसल रेस इन्सपायर्ड युजर इन्टरफेस एक्सेस गर्न सक्छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x