स्मार्टच्वाइसकोे स्मार्ट क्युआर सञ्चालनमा
काठमाडौं ।
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले स्मार्ट क्युआर सञ्चालनमा ल्याएको छ । विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तिमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकीकृत गर्नसक्ने गरी यस किसिमको क्विक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फम स्मार्ट क्युआर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको नगदरहित कारोबार प्रणालीको प्रवर्द्धन गर्ने योजनालाई प्रोत्साहन गर्दै वित्तीय कारोबार अघि बढाउने नीतिअनुरुप विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई विश्वस्तरीय, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न यो प्रणाली सक्षम रहेको बताइएको छ । मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा योगदान गर्ने कम्पनीको नीति र प्रतिबद्धताअनुसार यो सेवा सञ्चालनमा ल्याइएको हो । परम्परागत प्रणालीलाई स्तरोन्नति गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्द्धन गर्ने यस कम्पनीको मुख्य लक्ष्य रहेको छ ।
स्मार्ट क्युआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्युआर कोड स्क्यान गरी विविध आवश्यकताबमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो हुनेछ । विशेषतः यस क्विक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फममा आबद्घ भएका बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुले ईएमभीको स्ट्यान्डर्ड स्टाटिक वा डायनामिक क्युआर कोड जेनेरेट गरी स्वदेशी तथा विदेशी क्युआरसी पेमेन्ट सर्भिसहरुको बीचमा पनि सहजै एकीकृत कारोबार गराउन सकिने व्यवस्था गरिएको छ ।
स्मार्ट क्युआरको सञ्चालनमा आइएमई पे, प्रभु पे, क्यु पेजस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक र अन्तर्राष्ट्रिय संस्था युनियन पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी रहेको हुँदा यसको बृहत्तर पहुँच रहेको छ । साथै युनियन पे इन्टरनेशनलसँग आबद्ध खल्ती, मो–बैंक जस्ता विभिन्न भुक्तानी सेवा प्रदायकले पनि स्मार्ट क्युआरको माध्यमबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् । आगामी दिनमा यस प्रकारको सेवा प्रदान गर्ने स्वदेशी तथा विदेशी संस्थाहरुको अधिक संलग्नता गराउँदै यसको पहुँचलाई अझै विस्तार गर्दै लैजाने कम्पनीको लक्ष्य छ ।
विभिन्न मोबाइल वालेट प्रयोग गर्ने ग्राहकहरुले स्मार्ट क्यूआरको एउटै क्यूआर पेमेन्ट टर्मिनल स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् भने व्यापारीले एउटा स्मार्ट क्यूआरको क्यूआर पेमेन्ट टर्मिनल राखेर विभिन्न वालेट प्रयोगकर्ताको भुक्तानी स्वीकार गरी एकीकृत कारोबार गर्न सक्नेछन् । व्यापारीहरुको थप सुविधाको लागि स्मार्ट क्यूआरले ‘स्मार्ट क्यूआर मर्चेट’ मोबाइल एप गुगलको एन्ड्रोइड र एप्पलको आईओएस दुवै प्लाटर्फममा उपलब्ध गराएको छ । यस एपमार्फत व्यापारीले सजिलैसँग सबै कारोबारको विवरण एकै ठाँउमा हेर्न र मेनेज गर्न सक्नेछन् । साथै, व्यापारीले प्राप्त गर्ने रकमलाई यसै एपमार्फत सिधै बैंकमा जम्मा गर्न सक्नेछन् ।
स्मार्ट क्युआर प्रयोगकर्तालाई छुट अफर : स्मार्टच्वाइस टेक्नोलोजिजले आफ्नो नयाँ प्रडक्ट स्मार्ट क्युआरको सुरुवातका अवसरमा प्रयोगकर्ताका लागि विभिन्न मल, डिर्पाटमेन्ट स्टोर र रेष्टुरेन्टहरुमा १५ प्रतिशतसम्मको छुट अफर सार्वजनिक गरेको छ । यो अफरअन्तर्गत वालेट प्रयोगकर्ताले सेल्सवेरी, डेल्ली ग्रोकेरी, न्युमार्टजस्ता डिपार्टमेन्ट स्टोर र ग्यापू, मुन्चा तथा इन्फिस्टोरजस्ता अनलाइन स्टोरबाट १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यसका अलाबा काठमाडौं उपत्यकाभित्रका ५० भन्दा बढी रेष्टुरेन्टमा समेत वालेट प्रयोगकर्तालाई १० प्रतिशत छुट पाउने सुविधा रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया