सुपर एप सार्वजनिक
काठमाडौं ।
सम्पूर्ण अनलाइन सुविधा भएको सुपर एप सार्वजनिक भएको छ । बिजनेस ग्रोथ कम्पनीले सञ्चालनमा ल्याएको सुपर एपमा राइड सेयरिङदेखि अनलाइन सपिङसम्मको सुविधा रहेको कम्पनीले जनाएको छ । हाल राइड सेयरिङ मात्र सञ्चालन गरेको कम्पनीले केही समयपछि सबै सुविधा थपिने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । पछिल्लो समय लोकप्रिय भएको राइड सेयरिङ सेवालाई यस एपले विना इन्टरनेट वा एसएमएस गरेर पनि सेवा लिन सकिन्छ ।
काठमाडौं उपत्यकामा मात्र नभई देशका अन्य सहरी भागमा पनि सेवा प्रदान गर्ने मुख्य लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए । कम्पनीले आफ्नो आम्दानीको केही प्रतिशत समाजसेवामा खर्च गर्ने जनाएको छ । रोजगारी गुमाएका युवाका लागि राइड सेयरिङ सेवा आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । राइड सेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहीहरुले सस्तो, विश्वसनीय सेवा पाउनेछन् भने समयको बचत हुने कम्पनीका सीईओ विशाल जिसीले जनाए ।
एपमा उच्च गुणस्तरको प्रविधिको प्रयोगका गरिएको छ । कम्पनीमा दक्ष अनुभवी सात जना व्यवस्थापक र प्राविधिक कार्यरत रहेका छन् । सुपर एपको हाल प्रयोगकर्ता बढी छन् । राइडर र ग्राहकमाझ सुपर एप लोकप्रिय रहेको छ । हाल सुपर एपकोे प्रयोगकर्ता १५ हजारभन्दा बढी छ भने पाँच हजारभन्दा बढी सवारी पार्टनरहरू छन् ।
सुपर एप डाउनलोड गरी मोबाइल नम्बरसहितको आफ्नो व्यक्तिगत विवरण भरेर बाइक र गाडी छनौट गरी राइडरहरुले आफूलाई रजिस्टर्ड गराउनसक्ने श्रेष्ठले जानकारी दिए । साथै ग्राहकले पनि सुपर एप डाउनलोड गरेर व्यक्तिगत विवरण भरेर रजिस्टर्ड गराउन सक्नेछन् । राइडरले सुपर पार्टनर र ग्राहकले सुपर एप डाउनलोड गर्नुपर्ने हुन्छ । ‘हाम्रो शुल्क बजारमा रहेका अरुभन्दा सस्तो हुन्छ’, उनले भने, ‘त्यसमाथि राइडरबाट समेत अरुभन्दा थोरै कमिसन लिन्छौँ ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया