कतार एयरवेजले सियाटलको उडान जनवरी २९ देखि सुरु गर्ने
काठमाडौं ।
कतार एयरवेजले आफ्नो सियाटलको चार साप्ताहिक उडान जनवरी २९ देखि सुरु गर्ने भएको छ । यसअघि मार्च १५ बाट सुरु गर्ने भनिएको थियो । एयरवेजले साप्ताहिक चार पटकको उक्त सेवा आफ्नो अत्याधुनिक बोइङ ७७७ ले सञ्चालन गर्नेछ जसको बिजनेस क्लासमा ४२ सिट र इकोनोमी क्लासमा ३१२ सिट हुन्छ ।
कतार एयरवेजका ११ वटै अमेरिकी मार्गहरूमा क्युसुइट सञ्चालन हुने हुँदा, सियाटल लगायत संयुक्त राज्य अमेरिकामा यात्रा गर्ने यात्रुहरूले संसारको सर्वश्रेष्ठ बिजनेस क्लास सिटको मजा लिन सक्छन् । क्युसुइट सिटको लेआउट १–२–१ कन्फिगरेसन रहेको छ जसले यात्रुहरूलाई सामाजिक दूरीसहित आरामदायक बिजनेस क्लास अनुभव प्रदान गर्दछ । साथै, सम्पूर्ण सिएटल उडानहरूमा उपलब्ध सुपर वाइफाइ कनेक्टिभिटीको सेवाले यात्रुहरू परिवार, साथीभाइ तथा सहकर्मीको सम्पर्कमा रहन सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया