निफेडको ब्राण्ड एम्बेस्डरमा खड्का
काठमाडौं ।
चीनमा उत्पादन हुने नेपालको प्रतिष्ठित कपडा ब्राण्ड निफेड एक्सप्रेसको ब्राण्ड एक्बेस्डरमा अभिनेता प्रदिप खड्का नियुक्त भएका छन् । यो कम्पनी निफेड एक्सप्रेस प्रालिको नामले सन् २०१६ अर्थात् २०७१ मा सितापाइला काठमाडौँमा दर्ता गरिएको हो भने उत्पादन र बिक्री विस्तारमा अझ वृद्धि गर्नको भन्दै सोही नामले चीनमा समेत दर्ता गरिएको छ ।
नेपालमा १० वटा थोक बजार र सात सयभन्दा बढी खुद्रा पसल रहेको निफेडले महिलाको लागि पाइन्ट र टिसर्टको साथै पुरुषको लागि टिसर्ट, ज्याकेट, हुडी, सिलिकन ज्याकेट, डाउन ज्याकेट, सर्ट, पाइन्ट, कोर्टलगायतका अनौपचारिक तथा औपचारिक सामानहरू गुणस्तरीय कपडाको प्रयोग गरी फरक–फरक डिजाइनमा उत्पादन गरिरहेको छ ।
नेपाली वातावरणमा आएको परिवर्तनबाट सृजना हुने चुनौतीसँग सामना गर्न कम्पनीले विदेशी ब्राण्ड सँगसँगै नेपाली ब्राण्डलाई उभ्याएर नेपाली ब्राण्ड नै गुणस्तरीय छ भन्ने जानकारी गराउनको लागि प्रवर्द्धनात्मक अभियानका लागि समेत अभिनेता खड्कालाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । नेपाली ब्राण्ड तथा डिजाइन विदेशी कुनै पनि ब्राण्ड र डिजाइनको तुलनामा कम गुणस्तरीय नहुने र सशक्त भएर बजारमा उपस्थित हुने पनि कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, नेपाल
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया