Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो ए१२ अब १७ हजार ५ सय ९० रुपैयाँमा

ओप्पो ए१२ अब १७ हजार ५ सय ९० रुपैयाँमा


काठमाडौं ।
प्राविधिक ब्राण्ड ओप्पोले केही समयअगाडि मात्र सार्वजनिक गरेको ह्याण्डसेट ओप्पो ए१२ ३जीबीलाई नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ । पहिले १८ हजार ५ सय ९० रुपैयाँ मूल्य रहेको उक्त फोनमा एक हजार कटौती गरी कम्पनीले १७ हजार ५ सय ९० रुपैयाँमा उपलब्ध गराएको हो ।

नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी दूई रङमा उपलब्ध छ । सन् २०२०को अगस्ट महिनामा सार्वजनिक उक्त फोनको चौडाइ ८.३ एमएम र वजन जम्मा १ सय ६५ ग्राम रहेको छ । साथै उक्त स्मार्टफोनमा ७२ह१५२० पिक्सेल्ससहितको ६.२२ इन्चको डिस्प्ले उपलब्ध छ । फोनको पिक्सेल डेन्सिटी २ सय ७० पीपीआई रहेको छ । आईपीएस प्यानलसहितको यो फोनको एस्पेक्ट रेसियो १९ः९ रहेको छ । फोनको स्क्रिन टू बडी रेसियो ८९ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

फोनको डिस्प्लेमा क्याप्टिभेटिभ, मल्टि–टच, इन–सेल, २.५डी कर्भ्ड ग्लास स्क्रिन, कोर्निङ गोरिल्ला ग्लास थ्री पनि समावेश छन् । साथै यसमा डुअल रियर क्यामेरा सेटअप उपलब्ध गरिएको छ । यसमा १३एमपी क्षमताको प्राइमरी क्यामेरा र सेकेन्डरी क्यामेराका रुपमा २.०एमपी क्षमताको क्यामेरा जडान गरिएको छ । यी क्यामेरामा टच–टू–फोकस, फेज डिटेक्सन एएफ अटोफोकस प्रविधि पनि उपलब्ध गरिएका छन् । फोनमा रहेको रियर क्यामेरामा डुअल एलईडी फ्ल्याशको पनि प्रयोग गरिएको छ । त्यसैगरी, सेल्फीका लागि फोनमा ५एमपी क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ ।

ओप्पो ए१२, २.३ जीएचजेडमा क्ल्क्ड गरिएको ८ कोर्सको मिडियाटेक हेलियो पी३५ (एमटी६७६५भी/सीबी) चिपसेटबाट सञ्चारित छ । फोनमा ३जीबी -याम र ३२ जीबी आन्तरिक सञ्चय क्षमता उपलब्ध छ । कम्पनीका अनुसार प्रयोकर्ताले अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा यसमा एक्स्पान्डेबल एक्स्टरनल स्टोरेजको पनि प्रयोग गर्न सक्छन् । फोनमा रियर–माउण्टेड फिंगरप्रिन्ट सेन्सर्स र फेस अनलक फिचर्सलगायत सुविधा पनि उपलब्ध छ । फोनको प्रयोग गर्दा दिनभर प्रयोगकर्ताले ब्याट्रीको चिन्ता लिन नपरोस् र सहजै दिनभर यसको प्रयोग गर्न सकून् भन्ने सोचका साथ यसमा ४ हजार २ सय ३०एमएएच क्षमताको ब्याट्री जडान गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया