यति कार्पेटको उत्पादन र बिक्री सुरु
काठमाडौं ।
केडिया अर्गनाइजेसनको उत्पादन यति कार्पेटले आफ्नो उत्पादन बजारमा ल्याएको छ । कम्पनीले विभिन्न आकर्षक रङ्गमा उत्कृष्ट कार्पेटहरु उत्पादन गर्दै आइरहेको छ । यति कार्पेटले नेपालमा आफ्नो उत्पादनको ३० वर्षको इतिहास कायम गरेको कम्पनीले जनाएको छ ।
विभिन्न आकर्षक डिजाइन तथा रङ्गहरुमा बजारमा उपलब्ध यति कार्पेटले आफ्नो उत्पादनलाई विगतभन्दा तीन गुणा बढाएको छ । विश्वको उत्कृष्ट जर्मन प्रविधिबाट उत्पादन गरिने यति कार्पेट अझै धेरै गुणस्तरयुक्त रहेको कम्पनीको दाबी छ । यति फ्लोरिङ्ग नेपालकै सबैभन्दा ठूलो कार्पेट उत्पादक कम्पनी हो । कम्पनीबाट उत्पादित कार्पेटले ग्राहकको मन जित्न सफल भएको छ ।
कम्पनीले सुरुवाती उत्पादनदेखि नै ग्राहकमुखी गुणस्तर र एकरुपताको निरन्तरतालाई अंगालेका कारण जुनसुकै कार्पेट पसलमा ग्राहकहरु यतिको सामान माग्दै आउने गरेको कम्पनीको दाबी छ । घरको शोभा बढाउनु तथा सुन्दर र सफा बनाउनु नै यति कार्पेटको अमूल्य पहिचान भएको केडिया अर्गनाइजेसनका अध्यक्ष अनिल केडियाले बताए । यति कार्पेट सर्वत्र बजारमा उपलब्ध भएको उनको भनाइ थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया