Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबजाज डोमिनार २५० नेपालमा

बजाज डोमिनार २५० नेपालमा


काठमाडौं ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि, बजाज मोटरसाइकलको आधिकारिक बिक्रेताद्वारा नयाँ बजाज डोमिनार २ सय ५० अब नेपालमा ४ लाख ८९ हजार ९ सय रुपैयाँमा लन्च भएको छ । क्यान्योन रेड र चार्कोल ब्ल्याक रंगमा उपलब्ध रहेको नयाँ बजाज डोमिनार २ सय ५० मा पहिलेको पावरफुल र लोकप्रिय स्पोर्टस मोटरसाइकल, बजाज डोमिनारमा रहेको थुप्रै विशेषताहरु राखिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसको रोबष्ट क्लेमलाई सपोर्ट गर्नको लागि बजाज डोमिनार २५० मा दुई सय ४८ दशमलव ७७ सीसी एफआइ इन्जिनको पावर छ, जसले २७ पीएस र २३ दशमलव ५ एनएमको पिक टर्क जेनेरेट गर्छ । यसका साथै यसमा एकल–सिलेन्डर, लिक्यूड–कुल्ड, ट्यूनस्पार्क, ४– स्ट्रोक, ४–भ्याल्भ र डीआईएचसी छ ।

डोमिनार २५० मा १३२ किमि प्रतिघण्टासम्मको स्पिड छ भने यो १० दशमलब ५ सेकेण्डमा १०० किमि प्रतिघण्टाको स्पिडसम्म कुद्न सक्छ । यसको मोजेक आकारको डिजाइनको साथ रहेको फूल एलईडी हेडल्याम्प र एएचओ (अटोम्याटिक हेडल्याम्प अन) प्रविधिले गर्दा यो बाइक सडकमा गुड्दा सबैको आँखा यसैमा हुन्छ । स्पेसक्राफ्टबाट प्रेरित ट्यांक प्याड डिकेल्स र ट्वीन–ब्यारेल एकजष्ट साँच्चै प्रभावकारी छ । चालकको आरामको लागि यस २०२० बजाज डोमिनार २५० मा बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया