आयकर विवरण बुझाउने म्याद थप गर्न परिसंघको आग्रह
काठमाडौं ।
नेपाल उद्योग परिसंघले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद आगामी चैत मसान्तसम्म थप गर्न माग गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल सरकारका सम्बन्धित निकायका पदाधिकारीहरुसँग छलफल गरी म्याद थपको माग गरेका हुन् ।
विगत वर्षहरुमा उद्योगी व्यवसायीहरुले आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने कार्य सरकारले तोकेको समयसीमाभित्र नै गरिरहेकोतर्फ औल्याउँदै उनले आर्थिक वर्ष ०७६/०७७ देखि नै कोभिडको कारणबाट उद्योग व्यवसायहरु प्रभावित भएकोले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद थप गर्नुको विकल्प नरहेको बताए ।
कोभिडको कारण कतिपय उद्योग व्यवसायहरु खुल्ने अवस्थामा नरहेको र अहिले उद्योग व्यवसायले सञ्चालनको गति लिइरहेको परिप्रेक्ष्यमा कतिपय उद्योगी व्यवसायीहरुले लेखा परीक्षण कार्यसमेत सम्पन्न नगरिसकेको अवस्थालाई मध्यनजर गरी आगामी चैत मसान्तसम्म म्याद थप गरे उद्योगी व्यसायीलाई सहज हुने उनको भनाइ थियो । कतिपय उद्योग एवं व्यवसायमा समयमा नै आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने परिस्थिति नहुँदा उद्योगी व्यवसायीले थप शुल्क तथा जरिवाना तिर्नुपर्ने भएकोले सरकारले समयमा नै म्याद थप गरी समस्याको समाधान गर्नुपर्ने उनले बताए ।
कोभिडको प्रभावबाट प्रभावित व्यवसायीहरुले समय थप भएसँगै सहज रुपमा आयकर विवरण बुझाउन तथा कम्पनी अद्यावधिक गरी सरकारको राजस्व संकलनको लक्ष्यमा सघाउ पु-याउन परिसंघ प्रतिबद्ध रहेको उनको भनाइ छ । विद्यमान आयकर ऐनमा भएको व्यवस्थाअनुसार चालू आर्थिक वर्षको अनुमानित आयकर विवरण पुस मसान्तभित्रै बुझाउनुपर्छ भने कम्पनी ऐनमा व्यवस्था भएअनुसार कम्पनी अद्यावधिक गर्नुपर्ने म्याद पनि पुस मसान्तसम्म तोकिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया