वृज सिमेन्टद्वारा नेपाल स्टारका सिद्धान्त खड्कालाई आवास निर्माणमा सहयोग
काठमाडौं ।
पुष्पतारा केडिया सेवा फाउण्डेसनको सहकार्यमा वृज सिमेन्टले नेपाल स्टारका उत्कृष्ट ६ मा पर्न सफल सिद्धान्त खड्कालाई आवास निर्माणको लागि सहयोग प्रदान गरेको छ । नेपाल टेलिभिजनबाट प्रसारित नेपालको आफ्नै मौलिक सांगीतिक रियालिटी शो कार्यक्रम बाइबाइ नेपाल स्टारको उत्कृष्ट ६ मा पर्न सफल खड्कालाई वृज सिमेन्टले उनको सपनाको घर बनाउन सहयोग गरेको हो ।
सिद्धान्त खड्का नेपाल स्टारमा इटहरी अडिसन राउण्डबाट प्रवेश गरेका थिए । उनको आफ्नो गायनको शृङ्खलाको निरन्तरता नेपाल स्टारको उत्कृष्ट ६ मा आइपुगेपछि भोटको आधारमा बाहिरिएका थिए । आफनो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुष्पतारा केडिया सेवा फाउण्डेसनको सहकार्यमा वृज सिमेन्टले उक्त सहयोग गरेको हो ।
उक्त सहयोग घोषणा कार्यक्रम नेपाल स्टारको सुटिङ स्थलमा नै उपस्थित भएर वृज सिमेन्ट इण्डष्ट्रिज प्रालि का कार्यकारी निर्देशक मोहित केडियाले गरेका थिए । वृज सिमेन्टले नेपाल स्टारको पावर बाई सेग्मेन्टमा स्पोन्सर गर्दै आएको छ । साथै टप १० देखि सहभागीहरुको हौसला बढाउन ‘एक्सपोर्ट अफ द डे’को घोषणा गर्दै आइरहेको छ । यो शृङ्खला अन्तिम प्रतिस्पर्धासम्म हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया