Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअष्ट्रेलियाबाट सहजै रेमिट्यान्स पठाउन सकिने

अष्ट्रेलियाबाट सहजै रेमिट्यान्स पठाउन सकिने


काठमाडौं ।
इ–सेवा मनि ट्रान्सफर र अष्टे«लियाको प्रतिष्ठत रेमिट्यान्स कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । योसँगै अष्ट्रेलियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज भएको छ ।

रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता पत्रमा इ–सेवा मनि ट्रान्सफरका प्रबन्धनिर्देशक अजेश कोइराला र लिगल रेमिटका तर्फबाट निर्देशक विवेक ढकालले हस्ताक्षर गरेका हुन् । अष्टे«लियाबाट नेपालीहरूले नगदमा तथा कुनै पनि बैंक खातामा र इ–सेवा वालेटमा रकम पठाउन सकिनेछ । नगदमा पठाइएको रकम इ–सेवा मनि ट्रान्स्फरका नेपाल भररहेका ८ हजारभन्दा धेरै एजेन्ट तथा इ–सेवावालेट एपमार्फत पनि प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । नगदमा पठाइएको रकम इ–सेवा वालेटमा रिसिभ गर्दा ५५ अतिरिक्त क्यासब्याक प्राप्त हुनेछ । लिगल रेमिट अनलाइनमार्फत कारोबार गर्ने र उच्चस्तरको प्रविधि प्रयोग गरेको कम्पनी भएको हुँदा ५ मिनेटभित्रै रेमिटेयान्स प्राप्त गर्न सकिनेछ । इ–सेवा मनि ट्रान्स्फरले डिजिटल र एजेन्ट दुवै माध्यममार्फत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

इ–सेवा मनि ट्रान्सफरले अमेरिका, जापान, युरोपीयन देशलगायत खाडीका थुपै्र मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउन प्रोत्साहन गरिरहेको इ–सेवा मनि ट्रान्सफर पछिल्लो समय विदेशमा रहेका नेपालीहरुमा रोजाइमा पर्दै गएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया