Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकाठमाडौंको पेप्सीकोलामा भायानेटको ३५औं आउटलेट

काठमाडौंको पेप्सीकोलामा भायानेटको ३५औं आउटलेट


काठमाडौं ।
काठमाडौंमा आफ्ना सेवाहरु अझ प्रभावकारी ढंगले उपलब्ध गराउन भायानेटले पेप्सीकोलामा ३५औँ शाखा खोलेको छ । पेप्सीकोला आउटलेटको उद्घाटन शिक्षा संग्रौलाको हातबाट गरिएको थियो । ग्राहकहरुलाई व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको उत्कृष्ट सेवा प्रदान गर्दै आएको भायानेटले आफ्नो अप्टिक्स इन्टरनेट र आईपीटिभी सेवाहरुलाई नेपालभरि विस्तारित गर्ने क्रममा काठमाडौंमा आफ्नो सेवालाई अझ विस्तार गरेको हो ।

कम्पनीका अनुसार अब पेप्सीकोलावासीहरुले आफ्नो घर तथा अफिसमा भायानेटको अनलिमिटेड इन्टरनेट प्लान प्राप्त गर्नको लागि भायानेटको शाखाहरुमा सम्पर्क गर्न सक्नेछन् । भायानेटले नेपालको पहिलो एफटीटीएच सेवा सन् २०११ मा लन्च गरेको थियो । कम्पनीसँग आफ्नै आईपीटिभी सेवा भायाटिभी पनि छ, जसमा ग्राहकहरुको लागि २ सय ५० भन्दा बढी एचडी र एसडी च्यानलहरु, युट्युब, मोमो एप र मुभी अन डिमाण्ड पनि छ । यसका साथै एक वर्षको सदस्यता लिने ग्राहकहरुलाई अपरेटरले एक वर्षको भायाटिभी सेवा निःशुल्क प्रदान गर्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया