भायानेटले ल्यायो ईएमआई अफर
काठमाडौं ।
भायानेटले आफ्ना ग्राहकहरुलाई सस्तो मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि ईएमआई अफर ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकहरुले आफूले लिनचाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एकमुष्ट रकम नतिरी ईएमआई अर्थात् मासिक किस्ताबन्दीमा सरलरुपले शुल्क तिर्न सकिने प्रावधान छ ।
यो अफरमार्फत ग्राहकले १२ महिनाको अवधिको मासिक ईएमआई मात्र १ हजार नौ सय ५६ रुपैयाँ तिरेमा पाउनेछन् । उक्त मूल्यमा १२ महिना अवधिको ३० एमबीपीएस इन्टरनेट र भायाटिभी टेलिभिजन प्याकेज र त्यससम्बन्धी लाग्ने सबै जडान खर्च, फाइबर वाइफाइ डिभाइस र एउटा सेट–टप–बक्स (वैकल्पिक) सहित ग्राहकले पाउनेछन् ।
ईएमआई अफर लिने ग्राहकलाई थप एक हजार रिवार्ड प्वाइन्ट पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो अफर भायानेटको अन्य प्याकेजमा पनि उपलब्ध छ । यो अफर हाल एनआईसी एसिया बैंकको क्रेडिट कार्ड ग्राहकहरुको लागि सीमित छ । तर छिट्टै नबिल बैंक र अन्य बैंकहरुसँग पनि समझदारी हुने बताइएको छ ।
यसरी ईएमआईमा पैसा तिर्दा ग्राहकहरुले एक वर्षको इन्टरनेटसहित जडान खर्च र डिभाइसहरुको मूल्य सजिलै मासिक रुपमा विस्तारै तिर्ने सुविधा प्रदान गरिएको छ । भायानेट नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र गुणस्तरीय टेलिभिजन सेवा प्रदायक हो । आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा भायानेट सधैँ अगाडि रहेको कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया