Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगउद्योगीको कार्टेलिङले फलामे डण्डीको मूल्य वृद्धि

उद्योगीको कार्टेलिङले फलामे डण्डीको मूल्य वृद्धि


विराटनगर ।
डण्डीको उत्पादन गर्दै आएका उद्योगीहरूले एक्कासी बजारमा उपभोक्ताको डाड सेक्नेगरी फलामे डण्डीको मूल्य वृद्धि गरेका छन् । कोभिड १९ पछि विस्तारै बजारमा चहलपहल बढ्न सुरु गरेका बेला उद्योगीहरूले उपभोक्ताको ढाड सेक्नेगरी लागत मूल्यभन्दा दुई गुणा बढी मूल्यमा डण्डीको बिक्री गर्न थालेका हुन् । उद्योगीहरू आफैँले कार्टेलिङ गरेर जथाभावी मूल्य तोकेर डण्डी बिक्री गर्ने गरेका छन् ।

सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालनमा रहेका कमला रोलिङ, प्रिमियम आइरन, पशुपति आइरन, हुलास वायर र आरती स्टिल उद्योगले एकैसाथ कार्टेलिङ गरी डण्डीको मूल्य वृद्धि गरेका हुन् । यी उद्योगका सञ्चालकहरूले सरकार तथा अर्थ मन्त्रालयलाई समेत प्रभावमा पारी डण्डीको मूल्य बढाएका हुन् । सरकारले डण्डीको मूल्य नतोक्दा उद्योगीले आफैँ मनलाग्दी मूल्य तोक्ने गरेका छन् ।

सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित तुलसीराम अग्रवालको कमला रोलिङ मिल, राज्यलक्ष्मी गोल्छाको हुलास वायर, अशोक मुरारकाले सञ्चालन गर्दै आएको पशुपति आइरन, पवन सारडाले सञ्चालन गरेको प्रिमियम आइरन सबै डण्डी उद्योगीले एक हप्ताअगाडि प्रतिक्विन्टल ८८ हजार छ सयमा कारोबार गरेका थिए । तर एक हप्तापछि उनीहरूले प्रतिक्विन्टल चार हजार मूल्य बढाएर कारोबार गरेका छन् ।

समाचारस्रोतका अनुसार उद्योगी, सरकार र अर्थ मन्त्रालयका जिम्मेवार कर्मचारीहरूका बीच कार्टेलिङमा भएको सामिप्यिताका कारण भारतमा उत्पादित डण्डीको मूल्य अत्यन्त न्यून हुँदा समेत नेपाल ल्याउन दिइँदैन । भारतबाट ल्याएको डण्डीमा भन्सार मूल्यांकन गर्दा उत्पादित मूल्यभन्दा दोब्बर हुन जाने गरेका कारण आयत गर्न इच्छुक व्यवसायीलाई नै उद्योगीहरूले कार्टेलिङ गरी डण्डीको आयात ठप्प बनाएका छन् ।

भारतमा उत्पादन भएको डण्डी सहजरूपमा नेपाल ल्याउने वातावरण भएमा भारतीय डण्डीको नेपालमा प्रतिक्विन्टल पाँच हजार पाँच सयभन्दा एक पैसा नपर्ने व्यवसायीहरूको नै बताएका छन् । कोभिड १९ को असहज अवस्थाबाट विस्तारै लयमा फर्केको बजारमा अहिले डण्डीका उद्योगीहरूले चलाएको कार्टेलिङलाई सरकारले किन तोड्न सकिरहेको छैन भन्ने गम्भीर प्रश्न उठ्न थालेको छ ।

उद्योगीहरूले डण्डीको मूल्यमा थपघट गरिरहेका छन् । गत पुस महिनासम्म एउटा मूल्यमा कारोबार गरेका उद्योगीहरूले माघ महिनामा अर्को मूल्य किन कायम गरे भन्ने गम्भीर प्रश्न अहिले आएर उठेको छ । सरकार आफैँ उद्योगीको कार्टेलिङमा मौन समर्थन गरी कतै उद्योगीलाई डण्डीमा मूल्य वृद्धि गर्न छुट दिएको त छैन भन्ने प्रश्न समेत उठ्न पुगेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, नेपाल

तपाईको प्रतिक्रिया