पठाओ नेपालद्वारा ग्राहकहरू र राइडरलाई बीमा प्रदान गर्न साझेदारीपत्रमा हस्ताक्षर
काठमाडौं ।
पठाओ नेपाल प्रालिले र राइडर/चालकहरूलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । उक्त साझेदारीअन्तर्गत राइडको क्रममा ग्राहक तथा राइडरहरूको दुर्घटनाका कारणले हुने मृत्यु, अपाङ्गताजस्तो अवस्थामा बढीमा पाँच लाख रुपैयाँसम्मको बीमा रकम प्राप्त गर्नेछन् ।
यसको साथै कुनै पनि ग्राहक तथा राइडर/चालकहरूले एक लाखसम्मको दुर्घटना उपचार बीमा पनि पाउनेछन् । यी दुवै सेवाहरू उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भएपश्चात् ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरूसहित निवेदन गर्नुपर्दछ ।
पठाओ एप प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राइडर÷चालकहरूले यो सुविधा लिन सक्नेछन् । पठाओले नेपालमा आधिकारिक रुपमा सन् २०१८ सेप्टेम्बर २५ देखि आफ्नो सेवा विस्तार गरेको हो । पठाओ काठमाडौंकै ठूलो तथा लोकप्रिय राइड–सेयरिङ सेवा प्रदायक एप हो । पठाओको दुईपाङ्ग्रे र चारपाङ्ग्रे राइड सेयरिङ सेवा छ । साथै यसले हालै फुड डेलिभरी सेवा पनि सुरु गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया