Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअन्तर्राष्ट्रिय ब्राण्ड कुलप्याडका दुई नयाँ मोडल बजारमा

अन्तर्राष्ट्रिय ब्राण्ड कुलप्याडका दुई नयाँ मोडल बजारमा


काठमाडौं ।
लोकप्रिय र चर्चित मोबाइल फोन ब्राण्ड कुलप्याडले नेपाली बजारमा आफ्नो उपस्थिति सशक्त बनाउँदै गएको छ । चिनियाँ ब्राण्डले नेपाली बजारमा हालै दुई नयाँ मोडलहरू सार्वजनिक गरेको छ ।

नेपालको लागि कुलप्याड मोबाइलको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनी एसडी इन्टरनेशनल प्रालिले शुक्रबार एक कार्यक्रमका बीच कुल १० र कुल एस नामक दुई मोडलका स्मार्टफोनहरू बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको दुवै मोडलहरू युवा ग्राहकहरूका लागि लक्षित गरेर ल्याएको छ ।

कम्पनीका जनरल म्यानेरज कर्पोरेट हेड उपेन्द्र साहले नेपाली बजारमा छोटो समयमा नै कुलप्याडका फोनहरूले बजार लिन सफल भएको र ग्राहकहरूले निकै रुचाएको बताए । ‘कुलप्याडका फोनहरू नयाँ आविष्कारिक र आकर्षक डिजाइनका साथै उच्चस्तरीय फोनहरू भएको कारण युवापुस्ताले निकै मन पराइसकेका छन् । कुल प्याड अन्तर्राष्ट्रिय ब्राण्ड भएको हुँदा पनि उच्च गुणस्तरका फोन भित्र्याइरहेका छौँ’, कम्पनीका जनरल म्यानेजर कर्पोरेट हेड उपेन्द्र साहले भने । उनले नेपाली बजारलाई लक्षित गरेर नयाँ–नयाँ मोडलहरू समेत ल्याउने तयारीमा रहेको जानकारी दिए ।

कुलप्याडको कुल १० स्मार्टफोनमा ६.५२ इन्चको वाटरड्रप नोच डिस्प्ले डिजाइन रहेको छ भने फोनमा फोटोग्राफीको लागि १६ मेगापिक्सेलको मुख्य क्यामरा, ०.३ मेगापिक्सेल प्लस ०.३ मेगापिक्सेलको रियर क्यामरासहित ड्युल एआई क्यामरा छ । सेल्फीका लागि आठ मेगापिक्सेलको एआई क्यामरा राखिएको छ ।

फोनमा पावर दिनका लागि शक्तिशाली पाँच हजार एमएएच ब्याट्री प्याक रहेको छ भने यसमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगर प्रिन्ट र फेस अनलक फिचरहरू रहेका छन् । कुल १० स्मार्टफोनमा हेलियो पी६० प्रोसेसरका साथमा ४ जीबी ¥याम र ६४ जीबी स्टोरेज अप्सन रहेको छ । यो फोनको बजार मूल्य १६ हजार पाँच सय ९५ रुपैयाँ तोकिएको छ ।

यस्तैगरी अर्को स्मार्टफोन कुल एस स्मार्टफोनमा ६.५२ इन्चको कर्नर पन्चहोल फुल एचडी प्लस डिस्प्ले डिजाइन छ भने फोटोग्राफीको लागि ४८ मेगापिक्सेलको क्वाड क्यामरा सेटअप रहेको छ । फोनमा मुख्य क्यामरा ४८ मेगापिक्सेलका साथमा २५ मेगापिक्सेल प्लस दुई मेगापिक्सेल तथा पाँच मेगापिक्सेलको माइक्रो क्यामरा रहेको छ । यसको रियर क्यामराले स्लोमो समेत खिच्न सकिनेछ ।

फोनमा पावर दिनका लागि शक्तिशाली पाँच हजार एमएएच ब्याट्री प्याक रहेको छ भने यसमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगर प्रिन्ट, फेस अनलक, ब्लुटुथ, यूएसबी टाइप सी, एनएफसीलगायतका फिचरहरू रहेका छन् । कुल एस स्मार्टफोनमा हेलियो पी६० प्रोसेसरका साथमा चार जीबी -याम र १२८ जीबी स्टोरेज अप्सन रहेको छ । यो फोनको बजार मूल्य २२ हजार पाँच सय ९५ रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार यी दुवै स्मार्टफोनहरू एन्ड्रोइड १० अपरेटिङ सिस्टममा आधारित छन् । कुल प्याडले छिटै यी दुवै मोडलका अन्य भेरिएन्टहरू समेत सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ । कम्पनीले देशभर आफ्ना ३५ वितरकहरूमार्फत कुलप्याड मोबाइल फोन बिक्री गरिरहेको छ भने ग्राहकहरूलाई बिक्रीपछिको सर्भिसका लागि देशभर ४० भन्दा बढी स्थानमा सर्भिस सेन्टरहरूमार्फत सेवा दिइरहेको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया