Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकुमारी जबको मोबाइल एप

कुमारी जबको मोबाइल एप


काठमाडौं, पुस २१
मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रवर्द्धन) मा विगत ६ वर्षदेखि निरन्तर काम गर्दै आएको कुमारी जब प्रालिले मोबाइल एप सार्वजनिक गर्दै छैठौं वार्षिक उत्सव मनाएको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा कुमारी जब डटकम नामक वेबसाइटको स्तरवृद्धि गरी अत्याधुनिक बनाउँदै नयाँ मोबाइल एप शुभारम्भ गरेको हो । सो वेबसाइट तथा एपको विशेषता, रोजगारदाता तथा रोजगार खोजिरहेकाहरुलाई सहज होस् भन्ने रहेको कम्पनी जनाएको छ ।

नेपालभर मानव संसाधन व्यवस्थापनमा विभिन्न संस्थामा आबद्ध रही काम गर्दै आएका व्यवस्थापक र अन्य संघ/संस्थामा आबद्ध व्यक्तिको ठूलो उपस्थितिका बीच कुमारी जबले आफ्नो छैठौँ वार्षिक उत्सव मनाएको हो । कार्यक्रममा कुमारी जब प्रा.लिका विभागीय प्रमुख अमृत तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए । कुमारी जब प्रालिमा कार्यरत कर्मचारीहरुले नेपाली मौलिकता झल्कने नृत्य प्रस्तुत गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए । त्यसैगरी सोही कार्यक्रममा प्रा.लि ले कर्मचारीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिनुका साथै उत्कृष्ट कर्मचारीका रुपमा सृजना तिमिल्सिनालाई पुरस्कृत गरेको थियो ।

साथै सेवाग्राहीहरुलाई समेत मायाको चिनो प्रधान गरिएको थियो । कार्यक्रममा कुमारी जब प्रा.लिका व्यवस्थापकीय प्रमुख सन्देश भण्डारीले कुमारी जब प्रालि नव संसाधनका क्षेत्रमा एउटा बलियो खम्बा बनिसकेको र आगामी दिनमा यसले थप सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । त्यसैगरी कुमारी जब प्रालि मानव संसाधन व्यवस्थापनका सम्पूर्ण पक्षसँग जोडिइसकेको र यो क्षेत्रमा आफुले निरन्तर योगदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा थप ऊर्जाका साथ यो क्षेत्रलाई सफल र सेवामुखी बनाउन निरन्तर लागि रहने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x