इ–सेवामा खाता खोल्नेको संख्या ४० लाख बढी
काठमाडौं ।
भुक्तानी सेवा प्रदायक ‘इ–सेवा’ १२औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इ–सेवा अहिले देशव्यापी सञ्जाल बनाउँदै आर्थिक कारोबारको महत्वपूर्ण माध्यम बन्न सफल भएको कम्पनीको भनाइ छ । यो अवधिमा इ–सेवा मुलुकका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्र निर्माण गर्ने अभियानमा ठूलो योगदान दिन सफल भएको कम्पनीको दाबी छ ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इ–सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४० लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इ–सेवामार्फत सेवा लिइरहेका छन् । हाल इ–सेवाका देशभर करिब एक लाखभन्दा बढि एजेन्ट (इ–सेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इ–सेवामा मर्चेन्टको संख्या एक लाख ८५ हजार नाघिसकेका छन् ।
इ–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले कुराकानीका लागि मात्र सीमित भएको मोबाइललाई कम्पनीले वित्तीय कारोबार गर्ने महत्वपूर्ण माध्यम बनाउन सफल भएका बताए । आगामी दिनमा कम्पनीले इ–सेवालाई भुक्तानीका लागि मात्र नभएर आर्थिक कारोबारको वान स्टप सोलुसनका रूपमा विकास गर्दै लैजाने पनि जानकारी दिए ।
इ–सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा धेरै किसिमका सहजता ल्याएको छ । आम मानिसले लाइन बस्नुपरेमा सबैभन्दा पहिले इ–सेवालाई सम्झिनथालेका छन् । आगामी दिनमा पनि आम मानिसको जनजीवनमा सहजता ल्याउने खालका सेवा विस्तार गर्दै अगाडि बढ्ने कम्पनीको योजना रहेकोे छ । तीन जना युवाको परिकल्पनाबाट सुरू भएको एफवानसफ्ट कम्पनीअन्तर्गत इ–सेवासँगै करिब एक दर्जन कम्पनी सञ्चालनमा छन् । यस गु्रपले अहिले एक हजारभन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको छ ।
इ–सेवाले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि गर्दै आएको छ । कम्पनीले हालसम्म विभिन्न विद्यालयलाई डिजिटल बनाउने उद्देश्यले करिब छ सयवटा कम्प्युटर वितरण गरिसकेको छ भने इलाइब्रेरी स्थापना, निःशुल्क रूपमा अत्याधुनिक किसिमका शैक्षिक सफ्टवेयर समेत वितरण गरेको छ । यस्तै नेपालको खेल क्षेत्रको विकासका लागि विभिन्न किसिमका सहयोग, खेल तथा खेलाडी प्रायोजन तथा अन्य विभिन्न सामाजिक गतिविधि गर्दै आएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया