Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगप्रदेश १ मा आईएमई भरोसा कोषको रकम वितरण

प्रदेश १ मा आईएमई भरोसा कोषको रकम वितरण


काठमाडौं ।
कोरोना भाइरस (कोभिड– १९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आईएमई ‘भरोसा कोष’अन्तर्गत प्रदेश १ का लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरिएको छ । आईएमईको प्रादेशिक सम्पर्क कार्यालय बिर्तामोड झापामा हालै आयोजित एक विशेष कार्यक्रमका बीच आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहयोग हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा लाभग्राहीहरू, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय तथा प्रदेश पदाधिकारी एवम् सदस्यज्यूहरूलगायत ग्रुपको प्रदेश १ मा कार्यरत कर्मचारीहरुको उपस्थिति थियो । कार्यक्रममा अध्यक्ष ढकालले कोरोना भाइरस (कोभिड–१९) ले ज्यान गुमाउन बाध्य प्रवासी श्रमिकका आश्रित परिवारलाई सक्दो सहयोग गर्नु कोषको मुख्य उद्देश्य रहेको बताए । कोषबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिँदै आएको छ ।

प्रदेश १ अन्तर्गतको बिर्तामोड क्षेत्रबाट कुल चार जनालाई अध्यक्ष ढकालले उक्त सहयोग राशी हस्तान्तरण गरे । कोरोना भाइरस (कोभिड– १९) का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठूलो पीडा थपिएको महसुस गरी आईएमईले मृतकको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ भरोसा कोषको स्थापना गरेको हो । कोषले विभिन्न प्रदेशमा सहयोग रकम हस्तान्तरण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ भने प्रदेश २ को राजधानी जनकपुरमा छिट्टै सहयोग रकम हस्तान्तरण गर्ने योजना बनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया