Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगघर-कोठा भाडामा लिन र दिन सजिलो मोबाइल एप ‘रेन्टास्टिक’ सार्वजनिक

घर-कोठा भाडामा लिन र दिन सजिलो मोबाइल एप ‘रेन्टास्टिक’ सार्वजनिक


काठमाडौं ।
सहरी क्षेत्रहरुमा घर/कोठा भाडामा लिन–दिन हुने समस्याहरु अन्त्य गर्दै सजिलै मोबाइल एप्लिकेसनबाटै खोज्न सकिने भएको छ । सूचना प्रविधिमार्फत नवप्रवर्तन र सिर्जनशील उद्यमशीलताका सक्रिय युवा शरदचन्दले यो मोबाइल एप्लिकेसन निर्माण गरेका हुन् । रेन्टास्टिक एप मोबाइलको प्लोस्टोरमा गएर डाउनलोड गर्न सकिन्छ ।

‘रेन्टास्टिक’ नाम दिइएको यो एपले पहिलो चरणमा काठमाडौंमा भाडामा कोठा तथा फ्ल्याट खोज्न मद्दत गर्नेछ भने बिचौलियाहरुको ठगीबाट आम नागरिकलाई मुक्त गर्नेछ । ‘मैले काठमाडौंमा कोठा खोज्न धेरै दुःख पाएँ । फेसबुक ग्रुपमा आफू बस्नको लागि कोठा खोजिरहँदा मजस्तै अरू मान्छेहरू पनि कोठा वा फ्ल्याट खोज्न अप्ठ्यारोमा परेको थाहा पाएँ’, शरदले भने । यो एपमा बहालमा बस्न चाहनेले मात्र हैन घरमूलीहरूले पनि आफ्नो घर र कोठा भाडामा छ भन्दै विज्ञापन पोष्ट गर्न पाउँछन् ।

फेसबुक ग्रुपहरुबाट असुरक्षित सूचना पाइने र बिचौलियाहरुबाट ठगिने अवस्थाको यो एप्लिकेसनले अन्त्य गर्नेछ । आफूले चाहेको स्थानमा आफूलाई मन परेको र आवश्यकता भएको घर फिल्टर गरी खोज्न सकिनेछ । घरको ठेगाना, मासिक भाडा, कोठा वा फ्ल्याटको साइजअनुसार आफ्नो खोज सजिलो गर्न एपमा व्यवस्था गरिएको छ । धेरै जानकारी एपमै हुने हनाले फोन गरेर बुझ्न पनि जरुरी हुने छैन तर घरमूली र कोठा खोज्नेको बीच कुराकानी र जानकारी आदानप्रदान गर्न पनि एपबाट सजिलै गर्न सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया