Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनाडाद्वारा बुटवलमा कर, भन्सार तथा भीसीटीएसको प्रशिक्षण

नाडाद्वारा बुटवलमा कर, भन्सार तथा भीसीटीएसको प्रशिक्षण


काठमाडौं ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको पहलमा बुटवलमा एक दिने कर, भन्सार तथा भीसीटीएससम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ६९औँ विश्व भन्सार दिवसको अवसरमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यमा सो प्रशिक्षण कार्यक्रम बुटवलमा सम्पन्न भएको हो ।

अटोमोबाइल व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा भीसीटीएससम्बन्धी यावत् समस्याहरु भोग्दै आएको थिए । उक्त विषयका विद्यमान प्रणाली र यथार्थ जानकारी गराउने उद्देश्यले नाडाको संस्थागत सदस्य लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अनुरोधमा सो कार्यक्रम सम्पन्न गरिएको नाडाले जनाएको छ ।

सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले करसम्बज्धी यस्ता कार्यक्रमले व्यवसायीहरुलाई आवश्यक सूचना तथा जानकारीहरु प्राप्त हुने र व्यवसायीहरुलाई आफ्नो व्यवसाय विस्तार गर्न थप सहज समेत हुने बताए । उनले नाडाले विगतदेखि नै विभिन्न प्रदेशहरुमा यस्तो कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको जानकारी दिए । कार्यक्रममा लुम्बिनी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष गणेश भट्टराईले नाडाले आफ्ना कार्यक्रमलाई केन्द्रमा मात्रै सीमित नराखी प्रदेशस्तरमा पनि सञ्चालन गरेको भन्दै प्रदेशस्तरमा समेत प्रशिक्षण कार्यक्रम गर्दा अटोमोबाइल्स व्यवसायीहरुको क्षमता अभिवृद्धिमा र करसम्बन्धी जिज्ञासा समाधानमा सहयोग पुगेको बताए ।

आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन उनले नाडालाई आग्रह समेत गरे । भैरहवा भन्सार कार्यालयका प्रमुख मणिराम पौडेल, आन्तरिक राजस्व कार्यालयका प्रमुख धु्रुव पाण्डे, राजस्व अनुसन्धान कार्यालयका प्रमुख राजनकुमार बीसी तथा मुख्य प्रशिक्षक साहिल अग्रवालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा लुम्बिनी अटोमोवाइल्स एसोसिएसन अफ नेपालका कुल ५२ सदस्य कम्पनीहरुको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया