हुण्डाई एक्सचेन्ज कार्यक्रम सुरु
काठमाडौं ।
नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सोमबारदेखि हुण्डाई एक्सचेन्ज कार्यक्रम देशभर सुरु गरेको छ । कम्पनीले सोमबारदेखि आगामी फागुन २ गते आइतबारसम्म उक्त कार्यक्रम सञ्चालन गर्नेछ । यस योजनामा एक्सचेन्ज गर्नुका साथै उच्चतम मूल्यांकन, आकर्षक नगद छुट, १५ हजार रुपैयाँबराबरको लोयल्टी बोनस र एक लाख ४० हजारसम्मको एक्सचेन्ज बोनसका साथै छ वर्षको निःशुल्क र तीन वर्षको वारेन्टी उपलब्ध छन् ।
कम्पनीका महाप्रबन्धक (सेल्स र मर्केटिङ) रुपेश शर्मा भट्टका अनुसार यस कार्यक्रमले ग्राहकहरुलाई आफ्नो सवारीसाधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछन् । यो कार्यक्रम नेपालको सम्पूर्ण डिलर नेटवर्कमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले वर्षभरि नै आफ्नो ग्राहकको सुविधाको लागि यस्ता योजनाहरु सञ्चालनमा ल्याइरहने जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया