ओप्पो र चचियाङ युनिभर्सिटीद्वारा कलर रिसर्च ल्याबको स्थापना
काठमाडौं ।
ओप्पोले चचियाङ विश्वविद्यालयका साथमा ओप्पो–चचियाङ युनिभर्सिटी ज्वाइन्ट इन्नोभेसन सेन्टर, कलर रिसर्च ल्याबको औपचारिक स्थापनाको घोषणा गरेको छ । ल्याबको मूल उद्देश्य वैज्ञानिक अनुसन्धान अन्वेषण र प्राविधिक नवप्रवर्तन, उद्योगकै अग्रणी प्राविधिक मानक स्थापनाका साथै कलर साइन्सका क्षेत्रमा प्रतिभा विकासका लागि टेवा पु-याउनु रहेको कम्पनीको भनाइ छ ।
प्राविधिक नवप्रवर्तनका क्षेत्रमा चचियाङ युनिभर्सिटी विश्वकै अग्रणी विश्वविद्यालयमा पर्छ । सन् २०२० क्यूएस वर्ल्ड युनिभर्सिटी -यांकिङअनुसार यो ५३औँ स्थानमा रहेको छ । संयुक्त अनुसन्धान परियोजनाअन्तर्गत ओप्पो र चचियाङ युनिभर्सिटीले आधारभूत रंग विज्ञानका विषयहरु, रंग प्रविधि, प्राविधिक मानक र प्रतिभा विकासका लागि अध्ययन कार्य गर्नेछ ।
ल्याबले आधारभूत रंग विज्ञानअन्तर्गत आफ्नो अनुसन्धानलाई निरन्तरता दिँदै बृहत् कलर भिजन डाटाबेसको स्थापना गर्नुका साथै, भिजुअल फंक्सन र कलर मोडल्सको विकास गर्दै तिनका व्यावहारिक अनुप्रयोगबारे अध्ययन गर्नेछ । कम्पनीका अनुसार ल्याबको अर्को प्रमुख लक्ष्यका रुपमा उद्योगकै अग्रणी उत्पादनहरुको डिजाइनमा उच्च गुणस्तरीय रंग व्यवस्थापन क्षमताका साथै कलर इन्जिनियरिङअन्तर्गतका व्यावहारिक समस्याको समाधानार्थ एक्स्क्ल्युसिभ कलर टेक्नोलोजी प्ल्याटफर्मको स्थापना हो ।
ओप्पोले वैज्ञानिक प्रतिभा तथा क्षमताको विकासका लागि सक्दो भूमिका निभाउने सोचका साथ विस्तृत योजनाको खाका तयार पारेको छ । सान्दर्भिक प्रशिक्षण कार्यक्रमहरुमार्फत विलक्षण प्रतिभा भएका इन्जिनियर्सलाई ओप्पो आरएण्डडी समूहमा प्राथमिकताका साथ प्रवेश दिँदै तिनलाई आफ्ना सैद्धान्तिक अवधारणाहरुलाई व्यवहारमा उतार्न सहयोग प्रदान गर्नेछ ।
‘वर्षौँको नवप्रवर्तनका कारण ओप्पोसँग स्मार्टफोन डिस्प्ले र कलर म्यानेजमेन्ट टेक्नोलोजीअन्तर्गत फुल–पाथ कलर म्यानेजमेन्ट सिस्टम जस्ता पर्याप्त विशेषज्ञता र बृहत् उपभोक्ता अन्तर्दृष्टि छ’, ओप्पोका डिरेक्टर अफ फोटोग्राफी इगल झुले भने, ‘उपभोक्तालाई जीवनका रंगीनपलहरु अझ जीवन्तताका साथ कैद गर्न सघाउने अत्याधुनिक प्राविधिक समाधानहरु उपलब्ध गराउन डा. मिङ रोनियर लुओ र उनका टिमसँग सहकार्य गर्न हामी निकै उत्साहित छौँ ।’
‘कलर र इमेजिङ अनुसन्धानका क्षेत्रमा कलर रिचर्स ल्याबले महत्वपूर्ण सफलताहरु प्रस्तुत गर्नेमा हामी विश्वस्त छौँ । साथै, यसका माध्यमबाट मानव केन्द्रित उत्पादन तथा प्रविधिहरु विशिष्ट कलर क्वालिटीका उपलब्ध गराउन पनि उल्लेख्य सहयोग मिल्नेछ’, चचियाङ युनिभर्सिटीको कलर एण्ड इमेजिङ साइन्सका प्राध्यापक डा. मिङ रोनियर लुओले भने ।
कलर एण्ड इमेजिङ टेक्नोलोजीका क्षेत्रमा ओप्पोको अन्वेषणको निकै लामो इतिहास छ । कम्पनीले भर्खरै ओप्पो इन्नो डे २०२०मा ओप्पो फुल–पाथ कलर म्यानेजमेन्ट सिस्टम अनावरण गरिसकेको छ । शतप्रतिशत डीसीआई–पीथ्री वाइड गामुट र १०–बिट कलर डेप्थ सपोर्ट गर्ने यो एण्ड टू एण्ड सोलुसन, ओप्पो फुल पाथ कलर म्यानेजमेन्ट सिस्टमले आफ्नो पहिलो व्यावसायिक उपस्थिति यही वर्षको पहिलो क्वार्टरमा ओप्पोको २०२१ फ्ल्यागशिप फाइन्ड एक्सथ्रीमार्फत जनाउनेछ ।
नयाँ कलर रिसर्च ल्याबले कलर र इमेजिङ इन्नोभेसनका क्षेत्रमा ओप्पोको स्थानलाई अझ माथि पु¥याउने विश्वास लिइएको कम्पनीले जनाएको छ । प्राविधिक विकासले प्रत्येक व्यक्तिलाई फाइदा पुग्नुपर्ने ओप्पोको मान्यता रहँदै आएको छ । कम्पनीले भविष्यमा पनि आफ्ना शैक्षिक साझेदारहरुसँग नजिक रहेर सहकार्य गर्दै कलर एण्ड इमेजिङ टेक्नोलोजी क्षेत्रमा अझ उल्लेख्य विकासहरु प्रस्तुत गर्दै जाने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया