Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशिवम् सिमेन्ट्सद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

शिवम् सिमेन्ट्सद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण


काठमाडौं ।
शिवम् सिमेन्ट्स लिमिटेडले मकवानपुर क्षेत्रका विभिन्न विद्यालयहरूका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नो उद्योग तथा खानी क्षेत्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो ।

कम्पनीले त्रिभुवन माध्यमिक विद्यालय हटिया, कोलखोप प्राथमिक विद्यालय बकैया तथा रूपनारायण माध्यमिक विद्यालय बुढिचौरमा अध्ययनरत पाँच सयभन्दा बढी विद्यार्थीहरूको लागि स्वीटर तथा ट्र्याकसुट वितरण गरेको हो । विगतका दिनहरूमा पनि कम्पनीले उद्योग सञ्चालित क्षेत्रका विभिन्न विद्यालयहरूमा शैक्षिक सामग्री तथा शैक्षिक छात्रवृत्तिहरू वितरण गर्दै आएको र यसैको सिलसिलामा यसपटक पनि विद्यार्थीहरूको लागि न्यानो कपडा वितरण गरेको कम्पनीको भनाइ छ ।

शिवम् सिमेन्ट्सले विगतका दिनहरूमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर, विपन्न परिवारको लागि खाद्यान्न वितरण, आइसोलेसन बेड निर्माणको लागि आर्थिक सहयोग, उद्योग क्षेत्रका विभिन्न विद्यालयहरूमा छात्रवृत्ति, एम्बुलेन्स हस्तान्तरण, न्यानो कपडा वितरण, सडक निर्माण, वृक्षारोपण आदि जस्ता कार्यहरू गर्दै आइरहेको जनाएको छ ।

कम्पनीले क्वालिटीको मामलाको नो कम्पोरमाइज भन्दै गुणस्तरीय उत्पादन तथा विक्रीवितरण गर्दै आएको छ । साथै कम्पनी सिमेन्टजगत्मै पहिलोपटक नापतौल तथा गुणस्तर विभागबाट प्रदान गरिने एनएस क्वालिटी अवार्डबाट पुरस्कृत हुनसमेत सफल भएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया