टाटाको बीएस–६ इन्जिनका गाडीहरूको प्रि–बुकिङ खुल्ला
काठमाडौं ।
नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिद्वारा टाटाको बहुप्रतीक्षित गाडीहरूको नेपाली बजारमा प्रि–बुकिङ खुल्ला गरिएको छ । भारतीय स्ट्याण्डर्ड सिक्सको मान्यता प्राप्त टाटा नेक्सन, टिगोर, अल्ट्रोज, टिएगो र एच५ गाडीहरूको प्रि–बुकिङ खुल्ला गरिएको हो ।
कम्पनीका अनुसार न्यु फरेवरको अवधारणासहित अत्याधुनिक प्रविधियुक्त, परिमार्जित शक्तिशाली इन्जिनको साथ ग्लोबल एन क्यापबाट सेफ्टीमा फाइभ स्टार र फोरस्टार रेटिङ पाएका टाटाको यी गाडीहरूले सबैको मन जित्ने विश्वास लिइएको छ । साथै प्रि–बुकिङ गर्ने पहिलो एक सय जना ग्राहकहरूलाई विभिन्न आकर्षक उपहारहरू प्रदान गरिने कम्पनीले जनाएको छ ।
उपहारहरूअन्तर्गत ग्राहकहरूले आईफोन १२, आकर्षक नगद छुट, आकर्षक एक्सचेञ्ज बोनस, एक वर्षको निःशुल्क सर्भिसिङ्ग र निःशुल्क जेन्युइन एसोसेरिजहरू प्राप्त गर्नेछन् । इम्प्याक्ट २.० डिजाइनमा तयार गरिएका टाटाका यी गाडीहरू हरेक उमेर समूहका ग्राहकहरूको रोजाइमा पर्ने अपेक्षा गरिएको छ ।
ग्लोबल एन क्यापको रेटिङअनुसार नेक्सन र अल्ट्रोज फाइभ स्टार तथा टिएगो र टिगोर फोर स्टार सेफ्टी रेटेट सबैभन्दा सुरक्षित गाडीहरू हुन् । उत्कृष्ट ड्राइभिङ प्लेजरको अनुभूति गर्न सकिने यी गाडीहरू अझै शक्तिशाली इन्जिन एवं उच्च भारवहन क्षमतासहित विशेष रुपमा तयार पारिएको कम्पनीले जनाएको छ । नेपालभरका सबै टाटाको शोरुमहरूबाट ग्राहकहरूको सुविधाको लागि प्रि–बुकिङको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया