Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिसान म्याग्नाइट फागुन १० मा सार्वजनिक गरिने

निसान म्याग्नाइट फागुन १० मा सार्वजनिक गरिने


काठमाडौं ।
नेपालमा निसान गाडीका आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटोकर्पले फागुन १० गते निसानको नयाँ एसयुभी गाडि निसान म्याग्नाइटको मुल्य सार्वजनिक गर्ने भएको छ । नयाँ म्याग्नाइट गाडी देशैभरका शोरुमहरुमा उपलब्ध गराइने हुँदा ग्राहकहरुले भारतबाट प्रेरित जापानमा बनाइएको एसयुभी गाडीको अनुभूति लिन पाउनेछन् ।

पायोनियर मोटो कर्प प्रालिका प्रबन्धनिर्देशक संदीप कुमार सारडाले बिग, बोल्ड, आकर्षक र क्यारिज्म्याटिक एसयूभी विशेष आकर्षक मूल्यमा आउने र धेरै लामो समयदेखि प्रतीक्षारत ग्राहकहरुका लागि अन्य थुप्रै अफरहरुका साथ आउने बताए । निसानले आफ्नो उत्पादकत्वको विकास गर्दै एसयूभीलाई विश्वभर नै आरम्भ गरिरहेको बताउँदै उनले त्यसो गर्ने पहिलो अन्तर्राष्ट्रिय बजार नेपाल भएको बताए ।

नयाँ निसान म्याग्नाइट निसान नेक्स्ट रणनीतिको लागि महत्वपूर्ण हुने कम्पनीले जनाएको छ । निसान मोटर इन्डियाका अध्यक्ष तथा दक्षिण एसिया बजारका इन्चार्ज सिनन ओजकोकका अनुसार नयाँ निसान म्याग्नाइट विश्व बजारको लागि भारतमा निर्मित गाडी हो । नेपाल बजारलाई सधैं उच्च प्राथमिकतामा राखेका बताउँदै उनले कम्पनीको नयाँ निसान म्याग्नाइट पहिलो उत्पादन नेपालको बजार वृद्धिको लागि दिगो साझेदार हुने बताए । नेपाल भारतपछि निसान म्याग्नाइट लन्च गरिएको पहिलो अन्तर्राष्ट्रिय बजार हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया