Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा ओप्पो ए१५एस सार्वजनिक

नेपालमा ओप्पो ए१५एस सार्वजनिक


काठमाडौं ।
ओप्पोले नेपालमा ए सिरिजअन्तर्गत आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए१५एस सार्वजनिक गरेको छ । कम्पनीले मंगलबारदेखि ओप्पोका प्रमुख बिक्री केन्द्रमार्फत नयाँ फोन देशभर उपलब्ध गराएको हो । उपभोक्ताले डायनामिक ब्ल्याक र मिस्ट्री ब्ल्यू गरी दुई आकर्षक रंगमध्ये आफ्नो चाहनाअनुसार फोनको छनोट गर्न सक्छन् । ओप्पो ए१५एसको बजार मूल्य २१ हजार नौ सय ९० निर्धारण गरिएको जनाएको छ । कम्पनीले प्रयोगकर्ताको मागलाई विशेष ध्यानमा राखी ओप्पो ए१५एसमा चार हजार दुई सय ३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरेको जनाएको छ ।

यसमा ब्याट्री सकिनैलागेको अवस्थामा समेत ऊर्जा प्रदान गर्न सुपर पावर सेभिङ मोड पनि उपलब्ध गरिएको छ । फोन बोक्दा हत्केलामा सहजताको अनुभव दिने पातलो र स्लिक स्टाइलिस लुक्सका साथै दृश्यावलोकनमा सहजता प्रदान गर्न फोनमा ६.५२ इन्च स्क्रिनको प्रयोग गरिएको छ । साथै यसको एचडी+ स्क्रिनले १६००×७२० रिजोलुसनको दृश्य सम्प्रेषण गर्छ ।

कम्पनीका अनुसार फोनमा आई कम्फर्ट फिल्टर्स, सनलाइट स्क्रिन र एआई ब्राइटनेसलगायत सुविधा पनि उपलब्ध छन् । ७.९ एमएम मोटाइसहितको यस फोनमा समाउन सहजताका लागि थ्रीडी कभ्र्ड बडी र लुक्सलाई अझ आकर्षक देखाउन म्याट र ग्लसी टेक्स्चरसहितको थ्रीडी भ्याक्युम कोटिङको प्रयोग गरिएको छ ।

कम्पनीका अनुसार ओप्पो ए१५एस मा एआई ट्रिपल क्यामेरा जडान गरिएको छ । यसमा १३एमपी क्षमताको मुख्य क्यामेरा र २एमपी क्षमताको म्याक्रो लेन्सको समेत व्यवस्था गरिएको छ । साथै यसमा ब्याकग्राउण्डलाई नेचुरल बोके इफेक्ट दिने २ एमपी डेप्थ क्यामेरा पनि जडान गरिएको छ । फोनमा रहेको एचडीआर फिचरले प्रयोगकर्तालाई कम प्रकाश वा ब्याकलाइट भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्न सघाउँछ ।

त्यसैगरी, पोट्रेट बोके फिचरले पोट्रेट तस्बिर खिच्दा प्राकृतिक बोके ब्याकग्राउण्डका साथै ६ पृथक पोट्रेट फिल्टर्स पनि उपलब्ध गराउँछ । ड्याजल कलर र एआई सिन रिकग्निसनको संयोजनमार्फत यस फोनले एआई सिन इन्ह्यान्समेन्ट सुविधा पनि दिन्छ । यसले २१ विभिन्न प्रकारका ल्याण्डस्केप र सिनिक शट्स ब्युटिफाई गर्ने क्षमता राख्छ । साथै, रि–अप्टिमाइज्ड फ्रण्ट र रियर फिल्टर्सले १५ स्टाइलिश फोटो फिल्टर्स र १० ब्रिलियन्ट भिडियो फिल्टर्स पनि उपलब्ध गराउँछ । यसमा ४जीबी -याम र ६४जीबीको बृहत् सञ्चय क्षमता उपलब्ध गरिएको छ । साथै प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार २५६ जीबीसम्म बढाउन समेत सक्छन् ।

अक्टा–कोर चिपसेट, मिडियाटेक हेलियो पी३५द्वारा सुसज्जित ओप्पो ए१५एसमा मेमोरी डिफ्रागमेन्टेसन २.० सहितको सिस्टम लेभल अप्टिमाइजेसन पनि उपलब्ध छ । यसले कार्यक्षमतामा पाँच प्रतिशतको वृद्धि ल्याउँछ । यसमा उपलब्ध हाइपरबुस्ट २.१ ले फ्रेमबुस्ट र टचबुस्टको एकीकृत सहायतामार्फत फोन परफरमेन्सको स्थिति अनुमान गर्ने कम्पनीको भनाइ छ ।

ओप्पो ए१५एसमा डाइ-याक २.०, स्टेट अफ आर्ट डिजिटल साउन्ड करेक्सन प्रविधि पनि उपलब्ध गरिएको छ । यो प्रविधिले संगीत, चलचित्रलगायत गेमिङमा समेत अनुकूलित एकोस्टिक इफेक्ट प्रदान गर्छ सघाउँछ । साथै, फोनमा अनलकिङका लागि प्रयोगकर्ताले रियर फिंगरप्रिन्ट सेन्सर वा एआई फेस अनलक सुविधाको समेत प्रयोग गर्न सक्छन् । यसमा समयसापेक्ष कलरओएस ७.२को प्रयोग गरिएको छ ।

नयाँ फोनमा प्रयोगकर्ताको सहजताका लागि यसमा अद्यावधिक कलर कन्ट्रास्टसहित डार्क मोड फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ । थ्री–फिंगर स्क्रलिङ स्क्रिनशटले अब हराइजन्टल मोडका साथमा पीडीएफ डकुमेन्ट्स पनि सपोर्ट गर्छ । साथै, आइकन पुल डाउन जेस्चर र स्मार्ट साइडबारजस्ता सहजता उपलब्ध गराउने फिचर पनि फोनमा समाहित गरिएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया