अशोक लेल्यान्डका बसहरूको च्यासिस हस्तान्तरण
काठमाडौं ।
आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेल्यान्डले काठमाडौंमा एक कार्यक्रम गरी भिकिङ २२२ मोडल बसका ग्राहकहरुलार्ई च्यासिसहरु हस्तान्तरण गरेको छ । व्यावसायिक भ्रमणका लागि नेपाल आएका प्रेसिडेन्ट इन्टरनेशनल अपरेसन सञ्जय सारस्वत र सार्कराष्ट्रका रिजनल म्यानेजर तन्मय मित्रबाट संयुक्तरूपमा उक्त च्यासिसहरू हस्तान्तरण गरिएको हो ।
च्यासिस हस्तान्तरण कार्यक्रममा प्रेसिडेन्ट सञ्जय सारस्वतले १० वटा बस एकैसाथ हस्तान्तरण गर्न पाउँदा ज्यादै खुसी लागेको बताउँदै आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष अन्तर्क्रिया गर्न पाउनु कम्पनीका लागि अर्को महत्त्वपूर्ण प्रगति भएको बताए । नेपालमा भिकिङ २२२ को बजारलाई अझै विकास गर्दै आक्रामक बनाउन सहयोग गरेकोमा उनले ग्राहकहरुलाई धन्यवाद समेत दिएका थिए ।
साथै आगामी दिनहरुमा भिकिङ २२२ लाई अझै बढी प्रवद्र्धन गरी सहयोग गर्न उनले आग्रह गरे । भिकिङ २२२ रुट बसमा चल्ने बसमध्ये सबैभन्दा धेरै रुचाइएको बस हो । यसमा इनलाइन फ्युल पम्प हुनुका साथै एच सिरिज इन्जिन रहेको छ जसले गर्दा इन्धन कम खपत हुन्छ । साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ ।
यसमा ओभर ड्राइभ गियर बक्सले काम गर्ने भएको हुँदा १८० एचपी इन्जिनको साथमा द्रुतगतिको आरामदायी यात्रा गर्न सकिन्छ । रियर एर सस्पेन्सन, डाइरेक्ट ड्राइभ एसी, इनलाइन फ्युल पम्प साथै धेरै माइलेजले गर्दा यो गाडी अरु गाडीभन्दा फरक र विश्वासिलो रहेको छ ।
कम्पनीका अनुसार नेपालमा हरेक लामो दूरी रुटमा भिकिङ गाडीहरु चल्दै आएका छन् । अत्यधिक मागअनुसार कम्पनीले ग्राहक वर्गहरुलाई विशेष सर्भिस पनि दिँदै आएको छ । आफ्ना १३ वटा सर्भिस नेटवर्कबाट सर्भिस लिनसकिने हुँदा सजिलै पार्ट्स र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया