जगदम्बा सिमेन्टद्वारा निर्माणविज्ञहरुसँग अन्तर्क्रिया
काठमाडौं ।
निर्माणविज्ञहरुसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुन सक्ने भन्दै जगदम्बा सिमेन्टले सिन्धुपालञ्चोकको मेलम्चीमा अन्तर्क्रिया कार्यक्रम गरेको छ । ४० भन्दा धेरै निर्माणकर्मी, इन्जिनियर, आयोजना प्रमुखलगायतहरुसँग कम्पनीले सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा भौतिक संरचनाहरु भूकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामग्रीका प्रयोगका साथै दक्ष जनशक्तिहरुबाट निर्माणसम्पन्न गर्नुपर्ने कम्पनीका बिक्री प्रबन्धक नवराज भुर्तेलले बताए । मेलम्ची नगरपालिका भवन शाखाका प्रमुख इन्जिनीयर जित बहादुर कार्कीले निर्माण संरचना र सेटिङ टायमका आधारमा मात्र ओपीसी र पीपीसी सिमेन्टको प्रयोग गर्नुपर्ने कुरामा जोड दिए ।
स्थापना कालदेखि नै निर्माणकर्मी, उपभोक्ता तथा बिक्रेतालाई विभिन्न कार्यक्रमहरुजस्तै जगदम्बा जागरण, जगदम्बा विशेष, जगदम्बा आरोहण, जगदम्बा प्रयोग विधिबाट लाभान्वित गर्दै आएकोमा भावी दिनहरुमा यस्ता कार्यक्रमहरुको निरन्तरता दिने प्रतिबद्धता कम्पनीका वरिष्ठ ब्राण्ड मेनेजर जगन्नाथ दाहालले गरे ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया