सामसङको ग्यालेक्सी ए१२ नेपालमा सार्वजानिक
काठमाडौं ।
सामसङले हालै आफ्नो ए सिरिज अन्तर्गत ग्यालेक्सी ए१२ स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । ए१२ फोनमा फोटोग्राफीमा जीवन्त अनुभव प्रदान गर्न ४८एमपी क्वाइड क्यामेरा राखिएको छ । ४८ मेगा पिक्सेलको हाई क्लारिटी प्रदान गर्न यसको ४८एमपी प्राइमरी लेन्समा आइसोसेल जीएमटु सेन्सर राखिएको छ । कम्पनीका अनुसार यसले हरेक फोटोहरु स्पष्ट एवं उत्कृष्ट क्वालिटीको खिच्नसक्छ । त्यसैगरी क्यामरामा भएको ५ एमपी अल्ट्रा–वाइड क्यामेराले जीवन्त ल्याण्डस्केप तस्बिर खिच्छ भने यसको माइक्रो लेन्सले क्लोजअप सटलाई उत्कृष्टता प्रदान गर्दछ ।
यसका साथै यस फोनमा भएको डेप्थ क्यामराले फोकस गर्र्न र ८ मेगापिक्सलको फ्रन्ट क्यामराले उत्कृष्ट सेल्फी खिच्ने स्वतन्त्रता प्रदान गर्दछ । यस फोनमा २०ः९ को एस्पेक्ट रेसियोको साथ ६.५ इन्च एचडी प्लस इन्फिनिटी–भी डिस्प्ले छ । साथै यसमा भएको १५ वाटको फास्ट चार्जिङ्गको साथ पाँच हजार मेगाहर्ज ब्याट्रीले लामो समयसम्म विषयवस्तु अवलोकन गर्न र छिट्टै ब्याट्री चार्ज गर्न सकिने सुविधा प्रदान गर्दछ ।
कम्पनीका अनुसार यसमा भएको अर्को प्रमुख विशेषता भनेको यसको आकर्षक डिजाइन, हातमा लिन सजिलो तथा क्लासिक म्याट फिनिसिङ्ग रहेको छ । यसको म्याट फिनिसिङ्गले फोनको लुक एण्ड फिललाई क्लासिक बनाउनुको साथै आकर्षक बनाएको छ । यसका साथै ए१२ मा विभिन्न विशेषताहरु जस्तै साइड फिङ्गर प्रिन्ट सेन्सर, एन्ड्रोइड १०, वन युआई कोर २.५ तथा मिडिया टेक हेलियो पि३५ प्रोसेसर आदि छन् ।
कालो, नीलो तथा रातो गरी यो फोन विभिन्न तीन आकर्षक रंगहरुमा उपलब्ध छ । यो फोन ४/६४ जीबीको मूल्य १८ हजार नौ सय ९९ रुपैयाँ तथा ४/१२८ जीबीको मूल्य १९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यो फोन नेपाल अधिराज्यभर रहेका सामसङको आधिकारिक ब्राण्ड सप तथा रिटेल स्टोरहरुबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया