निभियाद्वारा फुडमाण्डु र दराज नेपालसँग सहकार्य
काठमाडौं ।
निभियाले अनलाइन सपिङ्ग स्टोर दराज र अनलाइन फुड डेलिभरी सर्भिसमा प्रणेता फुडमाण्डुसँग सहकार्य गरेको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर देशभरका नारीहरुमा रहेको उद्यमशीलताको सम्भावना प्राप्तिका लागि सशक्तीकरण गर्ने उद्देश्यले सहकार्य गरिएको बताइएको छ ।
छालाको स्याहार गर्ने निभिया ब्राण्डले यो सहकार्यले नेपालमा आफ्नै स्वामित्वको रेष्टुरेण्ट व्यवसायहरु सञ्चालन गरिरहेका महिला उद्यमीहरुले हासिल गरेका अद्भुत उपलब्धिलाई साथ दिने, पहिचान दिलाउने लक्ष्यमा अभियानलाई केन्द्रित गर्ने बताएको छ । २०२१ को अन्तर्राष्ट्रिय नारी दिवसले तय गरेको ‘चुज द च्यालेन्ज’ भन्ने नारालाई पछ्याउँदै अभियानले महिला उद्यमीहरुलाई आफ्ना सशक्तीकरणका कथाहरु सुनाएर अरुहरुलाई पनि त्यही पथमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ ।
निभिया, फुडमाण्डु र दराजद्वारा अग्रसरता लिइएको यो अभियानले अन्य महिलाहरुलाई त्यस्तै धेरै अवसरहरु सिर्जना गर्ने र त्यस प्रकारको चुनौती स्वीकार्नलाई धेरै महिलाहरुलाई हौसला प्रदान गर्ने तथा जनचेतना निर्माण गर्न सहयोग गर्नसक्ने महिलाहरुको उपलब्धिहरुलाई अझ व्यापक बनाउने, मनाउने र पहिचान गर्ने उद्देश्य लिएको छ ।
अर्थपूर्ण कथाहरु र प्रभावकारी कथाहरुको सहायताबाट यो अभियानले अन्य बढ्दो महिला उद्यमीहरुलाई अघि बढ्न प्रेरित गर्ने लक्ष्य लिएको छ । पहलको एक हिस्सास्वरुप समेटिएका रेष्टुरेन्टहरुमा अंशुज् होममेड किचन, चाइना टाउन, पिज्जा कनेक्सन र डिटक्स क्याफे छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया