महाकालीको चार लेनको पक्की पुल दशैँसम्म सञ्चालनमा आउने
कञ्चनपुर ।
महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल २०७८ सालको दशैँसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ । निर्माण कम्पनी कुमार सीएफसी जेभीका इन्जिनियर किशोर पाण्डेयले दशैँसम्म पुल निर्माण सम्पन्न गरिने बताएका छन् । जम्मा ३२ वटा स्ल्याप लाग्ने पुलमा १७ वटा पूर्ण भएको र बाँकी बन्ने क्रममा रहेको उनले बताए ।
उनका अनुसार पुलको सबै पिल्लर निर्माणसम्पन्न भएको छ । पुल निर्माणसँगै ७/८ किलोमिटर सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले दुई किलोमिटर सडक निर्माणको काम पनि सकिनलागेको बताएको छ । असार मसान्तसम्ममा साढे पाँच किलोमिटर सडक निर्माण सकिने कम्पनीको भनाइ छ । तीन अर्ब ६६ करोड भ्याटसहित लागतमा तीन वर्षभित्र निर्माणसम्पन्न गरिसक्नुपर्ने समयावधि तोकिएको पुलको १८ महिना म्याद थप गरिएको हो ।
निर्माण कम्पनीले २०७८ फागुन १५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने पुलको लम्बाइ आठ सय मिटर र चौडाइ २३ दशमलव आठ मिटर छ । २०७४ भदौ १५ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीमा निर्माण गरिने पक्की पुलको शिलान्यास गरेका थिए । सुदूरपश्चिम प्रदेशको व्यापारिक प्रयोजनको लागि महत्वपूर्ण रुपमा हेरिएको महाकाली पुल निर्माण भएपछि कञ्चनपुरसहित समग्र सुदूरपश्चिम प्रदेशले अर्थतन्त्रमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया