इ–सेवा र पश्चिमाञ्चल होटल संघ पोखराबीच सम्झौता
काठमाडौं ।
इ–सेवा र पश्चिमाञ्चल होटल संघ पोखराबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसिपका लागि सम्झौता भएको छ । योसँगै अबदेखि पोखराका होटलमा बस्दा नगद बोक्नुपर्ने झन्झटबाट समेत मुक्ति मिलेको छ । बुधबार पोखरामा एक कार्यक्रमका बीच इ–सेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछाने र पश्चिमाञ्चल होटल एसोसिएसनका अध्यक्ष विकल तुलाचनले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार संघ र यसअन्तर्गतका सदस्य होटलहरुले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्यूआर कोडसम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्नेछन् भने फोनपेले इ–सेवालगायत आफ्ना अन्य कम्पनीमार्फत पोखराको पर्यटन प्रवर्द्धनमा सघाउनेछन् । कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख ईश्वरी प्रसाद भट्टराईले गरेका थिए ।
कार्यक्रममा भट्टराईले जनताको तल्लो तहसम्म क्यूआर कोडजस्ता प्रविधिलाई पु-याइनुपर्ने र यसका लागि राष्ट्र बैंकले समेत प्रोत्साहन गरिरहेको बताए । सस्तो, सुलभ र निःशुल्क इन्टरनेटजस्ता विषयले मात्र डिजिटल भुक्तानीलाई बढावा दिन सकिने भन्दै उनले टेलिकम कम्पनीहरूसँग छलफल भइरहेको समेत बताए । इ–सेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले संघले सञ्चालन गरेको जाऔँ है पोखरा अभियानलाई थप अगाडि बढाउन र पोखरालाई डिजिटल सहरका रूपमा अगाडि बढाउन आफ्नो कम्पनी र समूहका तर्फबाट पूर्ण सहयोग रहने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया